बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मिडिया काउन्सिल विधेयकबारे काँग्रेसले ठोस धारणा सार्वजनिक गर्ने

बुधबार, ०१ जेठ २०७६, १० : १९
बुधबार, ०१ जेठ २०७६

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले मिडिया काउन्सिल विधेयक, मानवअधिकार आयोग विधेयक र राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकारसम्बन्धी विधेयकबारे छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।

काँग्रेसले यी विधेयकहरु संविधानविपरीत प्रस्ताव गरिएको बताउँदै आएको छ ।

बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु हुन लागेको काँग्रेस सचेतक पुष्पा भुषालले जानकारी दिइन् ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले समसामयीक राजनीति र विभिन्न विधेयकहरुबारे काँग्रेसको ठोस धारणा तय गर्न बैठक बोलाइएको जानकारी दिए ।

सिंहदरवारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बस्ने बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटबारे पनि छलफल हुनेछ ।

सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा बहुमतले पारित भइसकेको । त्यस्तै बजेट पूर्वको छलफल पनि मंगलबार सकिएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप