शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जंगली जनावरलाई पानी खुवाउन बनाइएको कृतिम ताल भर्न सौर्यपम्प जडान

बुधबार, ०१ जेठ २०७६, ०९ : ०५
बुधबार, ०१ जेठ २०७६

जङ्गली जनावरलाई पानी खुवाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वनमा सौर्यपम्प जडान गरिएको छ । सामुदायिक वनमा दुई वर्षअघि जङ्गली जनावरलाई पानी खुवाउन बनाइएको कृत्रिम पोखरीमा रु तीन लाख ३० हजार रकम खर्चेर दुई हजार वाट क्षमताको सौर्यपम्प जडान गरिएको हो ।

वन क्षेत्रमा रहेका चितुवा, पाटेबाघ, निलगाई, हात्ती, खरायो, स्याल, बाँदर, बँदेल र चराचुरुङ्गीलाई पानी खान सहज होस् भनेर सौर्यपम्प जडान गरिएको सामुदायिक वनका अध्यक्ष बहादुर महराले बताए । 

बढ्दो गर्मीसँगै चुरेक्षेत्रको वन भएकाले खहरेखोलामा पानी सुक्ने गरेको छ, उनले भने, “प्राकृतिक ताल सुक्ने भएकाले सौर्यपम्प जडान गर्नुपरेको छ ।”

पानीको खोजी गर्दै जङ्गली जनावर मानव बस्तीमा पसेर मानिसलाईसमेत आक्रमण गर्ने गरेका छन् । जनावरको आक्रमणलाई न्यूनीकरण गर्नका लागि सौर्यपम्पबाट १० बिघा क्षेत्रफलमा खनिएको कृत्रिम पोखरीमा पानी भरेर जलाशयजस्तै बनाइएको उनले बताए ।

पोखरीमा विपन्न समुदायका व्यक्तिलाई आयआर्जनका लागि माछापालन गर्ने योजनासमेत बनाइएको छ । पोखरीमा माछापालन गरेर वार्षिक रुपमा रु ३५ लाख बढी आम्दानी लिन सकिने अध्यक्ष महराको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप