शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फाको वरिष्ठ उपाध्यक्षमा पंकज

मङ्गलबार, ३१ वैशाख २०७६, १९ : ३१
मङ्गलबार, ३१ वैशाख २०७६

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पंकज नेम्वाङले पाएका छन् । निर्वाचन भएको एक बर्षपछि पंकजले उक्त जिम्मेवारी पाए । एक बर्षअघि भएको एन्फाको चुनावी साधारण सभाबाट चार उपाध्यक्ष पदमा नेम्वाङ सहित बीरबहादुर खड्का, कृष्ण थापा र उपेन्द्रमान सिंह निर्वाचित भएका थिए । तर वरिष्ठ उपाध्यक्षको लागि चारै जनाले दावेदारी प्रस्तुल गर्दै आएका थिए । 

एन्फा कार्यसमितिको मंगलबार सम्पन्न बैठकले निर्वाचनमा सर्वाधिक मत ल्याएको आधारमा पंकजलाई वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो । वरिष्ठ उपाध्यक्ष पदका दावी गर्दै आएका बीरबहादुरले भने मंगलबारको बैठक बहिस्कार गरेका छन् । उनीसँगै सदस्य पूर्णमान चित्रकार र रत्नकुमार श्रेष्ठले पनि बैठक बहिस्कार गरेका थिए । एन्फा निर्वाचनमा उपाध्यक्ष पदमा पंकजले ६१ मत, उपेन्द्रमानले ५८ मत, कृष्ण थापाले ५२ मत र बीरबहादुरले ३९ मत ल्याएका थिए । 

एन्फा बैठकले २०७६/०७७ को बार्षिक कार्यक्रम तथा बजेट पारित गर्ने, एन्फामा आवद्ध ४५ वटै जिल्ला फुटबल संघ तथता ए, बी र सी डिभिजन क्लबसँग समन्वय र सम्भाब्यताको अध्ययन गरी विभिन्न १० स्थानमा खेल मैदान र टेक्निकल सेन्टर निर्माण गर्ने, धरान र बुटलको एन्फा एकेडेमीमा २५–२५ जना युवा खेलाडी छनोट गरेर राख्ने, एन्फका कर्मचारीको वृत्ति विकासका लागि कर्मचारी कार्यविधि बनाएर लागु गर्ने र एन्फाका सहायक महासचिवले प्रदेश स्तरीय कार्यक्रम सञ्चालनका लागि महासचिवलाई सहयोगीका रुपमा सघाउनु पर्ने निर्णय पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप