बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मनाङ र मिनर्वा भिड्दै

मङ्गलबार, ३१ वैशाख २०७६, १९ : २२
मङ्गलबार, ३१ वैशाख २०७६

काठमाडौं– एएफसी कप छनोट अन्तर्गत समूह ‘ई’ मा रहेको मनाङ मस्र्याङ्दी क्लबले बुधबार घरेलु मैदानमा भारतको मिनर्वा पन्जाव क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । यसअघि भारतमा भएको अवे खेलमा मिनर्वासँग २–२ गोलको बराबरीमा रोकिएको मनाङले एन्फा कम्प्लेक्समा हुन् दोस्रो लेगमा स्पस्ट जित निकाल्ने दावी गरेको छ । मनाङका प्रशिक्षक छिरिङ लोप्साङले अघिल्ला खेलका कमजोरीलाई सुधार गर्ने बताए । ‘मिनर्वा र मनाङको स्तर उस्तै हो ।

पहिलो खेलमा साना गल्तीले बराबरीका रोकियौं । घरेलु मैदानमा तीन अंकका लागि खेल्नेछौं । मनाङले टिम गेम खेल्नेछ । घरेलु मैदानमा दर्शकको साथले पनि हामीलाई जोस थप्नेछ,’ मंगलबार आयोजित पत्रकार सम्मेलनमा लोप्साङले भने । मनाङका कप्तान विराज मर्हजनले अघिल्ला खेलमा अंक गुमाएकाले अबका खेल महत्वपूर्ण भएका बताए । 

समूह ‘ई’ मा मनाङ तालिकाको अन्तिममा छ । मनाङले तीन खेलबाट एक अंक मात्र बनाएको छ । शीर्ष स्थानमा रहेको भारतकै चेन्नई एफसीको सात अंक छ । दोस्रो स्थानमा रहेको बंगलादेशको अवाहानी क्लबको चार र तेस्रो स्थानमा रहेको मिनर्वाको तीन अंक छ । समूहको शीर्ष टोली एएफसी कपका लागि छनोट हुनेछ ।

मिनर्वाका प्रशिक्षक सचिन तानाजीले टोलीको लक्ष्य एएफसी कपमा छनो हुने भएकोले मनाङलाई हराउन खेल्ने बताए । ‘मनाङलाई घरेलु मैदानको फाइदा छ । तर हामी खरो रुपमा उत्रने प्रयास गर्नेछौं । दुवै टोलीको स्टर एउटै भएकोले खेल प्रतिस्पर्धात्मक हुने आशा गरेका छौं,’ सचिनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप