शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एएफसी कपको एउटा खेलमा सबै निर्णायकहरु महिला

मङ्गलबार, ३१ वैशाख २०७६, १३ : ३१
मङ्गलबार, ३१ वैशाख २०७६

क्वालालम्पुर– एसियाली फुटबल महासङ्घले मलेसियामा हुन लागेको पुरुषहरुको महादेशीय फुटबल प्रतियोगितामा सबै निर्णायकहरु महिला राख्ने घोषणा गरेको छ ।

जापानी मुख्य निर्णायक (रेफ्री) योशिमी यामाशिता र सहायक माकोटो बोजोनो तथा नाओमी तेशिरोगीलाई म्यान्मारको याङ्गुन युनाइटेड र कम्बोडियाको नागा वल्र्डबीचको खेल खेलाउने जिम्मेवारी दिइएको छ । 

थुवुन्ना रङ्गशालामा मङ्गलबार हुने यस प्रतिस्पर्धामा तीनै जना महिला निर्णायकले खेल सञ्चालन गर्नुहुनेछ । एएफसीले एसियाली फुटबल महासङ्घको इतिहासमा क्लबस्तरीय खेलका लागि तीनै जना निर्णायक पहिलोपटक महिला रहेका छन् ।

एएफसी कपका खेलहरुमा यसअघि महिलाहरुलाई सहायक निर्णायकको भूमिकामात्र दिइएको थियो । सन् २०१४ मा पहिलोपटक अस्ट्रेलियाका सराह हो र एलिस्सोन फ्लाइनलाई यस्तो जिम्मेवारी दिइएको थियो ।

सन् २०१६ मा निर्णायकको दर्जा पाएकी अनुभवी यामाशिताले एएफसीको निर्णयप्रति प्रतिक्रिया जनाउँदै ‘मेरो सपना साकार हुन लागेकामा मलाई गर्व लागेको छ’ उनले बताइन् । –एएफपी
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप