शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बारा जिल्लामा दूध उत्पादन वृद्धि

आइतबार, २२ साउन २०७४, १३ : ५३
आइतबार, २२ साउन २०७४

 


वीरगन्ज -गाईभैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम प्रभावकारी भएपछि बारा जिल्लामा किसान दूध उत्पादन बढेको छ । 

आर्थिक वर्ष २०७२÷०७३ को तुलनामा आर्थिक वर्ष २०७३÷०७४ मा २४ प्रतिशतले कृत्रिम गर्भाधान कार्यक्रम बढेपछि जिल्लामा रहेका किसानले उन्नत गाईभैँसीपालन गरी दूध उत्पादन बढाएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । सत्तरी हजार छ किसान पशुपालन व्यवसायमा संलग्न रहेको जिल्लामा आव २०७३÷०७४ मा रु छ अर्ब २६ करोड ६९ लाख मूल्य बराबरको छ करोड ५३ लाख ३८ हजार लिटर दूध उत्पादन गरी किसान आर्थिक लाभ लिन सफल भएका हुन् । 

जिल्लामा दैनिक रु ९० लाख मूल्य बराबरको एक लाख ८० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधमध्ये दैनिक ४० हजार दूध हेटौँडा, काठमाडौँ, पोखरा, विराटनगर, सप्तरीसम्म जाने गरेको छ भने २२ प्रतिशत दूध स्थानीय बजारमा बिक्री हुने गरेको छ भने दैनिक पाँच लाख मूल्य बराबरको १० हजार लिटर दूध छिमेकी मुलुक भारतमा बिक्रीका लागि जाने गरेको छ । ६८ प्रतिशत किसान पशुपालन व्यवसायमा संलग्न रहेको बारामा अघिल्लो आवमा रु छ अर्ब १५ करोड २६ लाख ५० हजार मूल्य बराबरको छ करोड ३० लाख ५३ हजार लिटर दूध उत्पादन भएको थियो । 

कार्यालयले किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गर्न युवा स्वरोजगार कार्यक्रममा गोठ निर्माण कार्यक्रम, बायो ग्यास निर्माण, साइनो किट निर्माण, डेरी सुधार कार्यक्रम सञ्चालन गर्नुका साथै घाँसबालीमा अनुदान दिन थालेपछि बारा जिल्लामा यस वर्ष ३।६ प्रतिशतले दूध उत्पादन बढेको वरिष्ठ पशु विकास अधिकृत डा देवनन्दन साहले राससलाई बताउनुभयो । 

चालीस वटा डेरी उद्योग रहेको जिल्लाको पूर्वी तथा दक्षिणी भेग गाईभैँसी पाल्ने पकेट क्षेत्रका रुपमा घोषणा गरी सरकारले पशुपालनको प्रमुख आधारमध्ये पशु प्रजनन ९प्राकृतिक र कृत्रिम गर्भाधान० घाँस तथा पशु आहारा विकास, पशु स्वास्थ्यसेवा, बजार प्रवद्र्धन लगायतका सेवा प्रदान गर्दै आएको छ । 

गाईभैँसी कार्यक्रमलाई अझ प्रभावकारी बनाई दूध उत्पादन वृद्धि गर्न कार्यालयले सुदूर ग्रामीण बस्तीमा घुम्ती पशु स्वास्थ्य शिविर कार्यक्रमअन्तर्गत पशुपालक किसानलाई घरदैलोमै पशुसेवासम्बन्धी प्याकेज कार्यक्रम पु¥याउँदै आएको छ । 

दूध उत्पादन पर्याप्त भएपछि कार्यालयले आगामी कार्यक्रमअन्तर्गत सदरमुकाम कलैया वरिपरिको १० किलोमिटर क्षेत्रलाई मिल्क सिटी ९दूधको शहर०का रुपमा विकास गर्न लक्ष्य लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप