शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनिल शेट्टीले माने गल्ती, अक्षय कुमार र अजय देवगनलाई निकै सम्झिए

मङ्गलबार, ३१ वैशाख २०७६, १३ : ०८
मङ्गलबार, ३१ वैशाख २०७६

९० को दशकमा सुनिल शेट्टी बलिउडका चर्चित नायकमध्येका एक थिए । त्यतिबेला एक्सन हिरोमा अक्षय, अजय देवगन र सुनिल शेट्टीको नाम लिइन्थ्यो । तर समय बित्दै गएपछि तीनैजनाको करियरले भिन्न मोड लियो । अक्षय र अजय देवगनले आजसम्म आफ्नो पकड बनाइराखे भने सुनिल शेट्टी आफ्ना केही गल्तीका कारण उक्त रेसमा समावेश हुन पाएनन् । यो कुरा सुनिल शेट्टी आफैंले मानेका छन् । एक वेबसाइटलाई दिएको अन्तरवार्तामा ५७ वर्षका सुनिलले आफ्नो करियर र साथीको सफलताबारे निकै खुलेर कुरा गरे ।

सुनिलले भने, ‘आज जब म अक्षय र अजयलाई देख्छु तब मलाई गर्व महसुस हुन्छ । म उनीहरुलाई स्यालुट गर्छु । उनीहरु मेरा निकै नजिकका साथी हुन् । आज उनीहरुले जुन सफलता हासिल गरेका छन् त्यसले मलाई प्रेरित गर्छ । मैले गल्ती गरेको छु र त्यसैकारण आज म यहाँ छु । म ती दुईको निकै तारिफ गर्छु र म पनि उनीहरुजस्तै हुन पाए भनेर सोच्छु । त्यसका लागि मैले अत्यधिक मेहनत गर्नुपर्छ ।’

सुनिलले आफ्नो गल्तीबारे जानकारी दिँदै भने, ‘म भावुक थिएँ, मैले कहिले पनि आफ्नो करियर प्लान गरिनँ । न नै कहिले उतार–चढावको योजना बनाएँ । यदि म खसेँ भने खसेँ । यदि आज मेरो शुक्रबार राम्रो छैन भने त्यो सबै मेरो गल्तीका कारण भएको हो । ’

उनले थपे, ‘म कहिले पनि गत शुक्रबार रिलिज भएको फिल्म हिट थियो वा फ्लप भनेर सोच्दिनँ । म दिमागी रुपमा निकै बलियो छु र आफूलाई विश्वास गर्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप