शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रामजी फाउण्डेशनको एकसाथ रक्तदान र सम्मान

आइतबार, २२ साउन २०७४, १३ : ४७
आइतबार, २२ साउन २०७४

काठमाडौं – रामजी नेपाली फाउण्डेशनको सक्रियतामा राजधानीमा रक्तदान र सम्मान कार्यक्रम एक साथ गरिएको छ । 


फाउण्डेशनले शनिवार राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रमको आयोजना गर्दै दुबै कार्यक्रम एकसाथ गरेको हो । 


साहित्यकार तथा बानेश्वर क्याम्पसका प्राध्यापक महेश प्रसाईंको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विश्वमोहनी गुरु, कृष्ण भुसाल, दयाराम पाण्डे, माधव अधिकारी, शिवराम भण्डारी, केशव चौलागाईं, मुकुन्द आचार्य, अञ्जान शर्मा, डा. अमृत सापकोटा, शैलेश शर्मा, होमलाल पुन, गणेश सिंहलगायतले रामजी नेपाली फाउण्डेशनले गरिरहेका कार्यको प्रशंसा गर्दै फाउण्डेशनका गतिविधिका बारेमा आ–आफ्ना धारणा राखेका थिए ।


करिब दर्जन ब्याक्तिले रक्तदान गरेको कार्यक्रममा समाजसेवा, मानवियसेवा, संरक्षण, सम्बद्र्धन र राष्ट्रिय जीवनको अभ्युत्थानका खातिर आफ्नो तन, मन र धनले समर्पित भएको भन्दै चलचित्र निर्देशक तथा कलाकार देव नेपाल, रङ्ग पत्रकार सविता पोखरेल, भाषाविद्व चन्द्रकान्त पाठक, युवा नेता गणेश सिंह, गीतकार कृष्णराज पाण्डेय, प्रेमराज आचार्य, कलाकार विमल बर्देवा, बेल्जियम निवासी समाजसेवी कृष्ण श्रेष्ठ र सूर्यकुमारी श्रेष्ठलाई सम्मान गरियो ।
फाउण्डेशन राम्रो काम गरेको भन्दै कार्यक्रममा धेरैले अध्यक्ष रामजीको प्रसंसा गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप