शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ बैठकमा काँग्रेसको अवरोध

सोमबार, ३० वैशाख २०७६, १७ : २९
सोमबार, ३० वैशाख २०७६

मकवानपुर– प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसले प्रदेश नम्बर ३ को संसद बैठक अबरुद्ध गरेको छ । काँग्रेस सांसदहरुले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म अन्य प्रक्रिया अघि बढाउन नदिने भन्दै सोमबारको बैठक अवरोध गरेका हुन् । बैठकको सुरुमा सभामुख सानुकुमार श्रेष्ठले अधिवेशन आव्हान सम्बन्धी प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्र पढेर सुनाएकी थिइन् ।

अधिवेशन सुरु भएको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य दिएपछि सभामुखले नियमित प्रक्रिया अघि बढाउने क्रममा काँग्रेस सांसदहरुले अवरोध गरेका हुन् । प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले राजधानी नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने बताए । काँग्रेसका सांसदहरुले उभिएर विरोध जनाएपछि सभामुख श्रेष्ठले बैठक स्थगित गरेका थिए । अर्को बैठक मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप