शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सप्तरीको खड्क नगरपालिकामा १ घर जलेर खरानी

सोमबार, ३० वैशाख २०७६, १५ : १०
सोमबार, ३० वैशाख २०७६

सप्तरी –खड्क नगरपालिका–७ मा सत्यनारायण अग्रवालको घरमा आज आगलागी भएको छ । घरको तल्लो तलामा रहेको गोयल वस्त्रालय पसलमा पूजा गर्न बालेको दियोबाट सल्केको आगोले घरसहित नगद र  लत्ताकपडा गरी रु ६० लाख मूल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो वारुणयन्त्रको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप