सामसङकोे ग्यालेक्सी ए२ कोर नेपालमा, यस्ता छन् विशेषता
काठमाडौं–सामसङले आफ्नो लोकप्रिय ग्यालेक्सी ए लाइन अन्तर्गत नेपाली बजारमा ग्यालेक्सी ए२ कोर सार्वजनिक गरेको छ । इन्ट्रि–लेभलका ग्राहकहरुलाई लक्षित गरी सामसङले सुलभदरमा ग्यालेक्सी ए२ कोर सार्वजनिक गरेको जनाएको छ ।
सामसङ इलेक्ट्रोनिक्स नेपालका मोबाइल डिभिजन प्रमुख प्रणय रत्न स्थापितले सबै डिभाइसहरुमा एकदमै नविनत्तम र उत्कृष्ट प्रविधी ग्यारेन्टी गर्न पूर्ण रुपमा प्रतिवद्ध भएको बताएका छन् । उनले ग्यालेक्सी ए२ कोरले पूर्ण मात्रामा स्मार्ट फोनको अनुभव दिलाउने बताए ।
स्थापितका अनुसार ए२ कोर परिष्कृत ब्याट्री, भण्डारण क्षमता, राम्रो कार्य सम्पादन र विशेष गरी पहिलोपटक प्रयोग गर्नेहरुलाई अपिल गर्ने खालको रहेको छ ।
उत्कृष्ट डिस्प्ले
१२.६४ सि एम (५.०”) क्यूएचडी डिस्प्लेले हरेक कुरा सफा एवं उत्कृष्ट प्रदर्शन गर्दछ । ५४०x९६० पिक्सल तथा १६.९को एस्पेक्ट रेसियोका साथ ५.०० इन्चको टचस्क्रिन डिस्प्ले यसमा रहेको छ ।
उत्कृष्ट क्यामेरा
यसमा भएको ५.० मेगापिक्सलको क्यामराले उत्कृष्ट फोटो खिच्दछ । यो स्मार्टफोनमा ५ मेगापिक्सलको रियर तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको छ । ग्यालेक्सी ए२ कोरमा ५ मेगा पिक्सलको क्यामेराकोसाथमा सामसङको ७८७०एएन कोर प्रोसेसर रहेको छ ।
पर्फर्मेन्स पावर
ग्यालेक्सी ए२ कोरमा सामसङ एक्सनस ७८७० अक्टा कोर प्रोसेसर तथा एन्ड्रोयडको ओरियो रहेको छ ।
स्टोर
ग्यालेक्सी ए२ कोरमा १६जीबीको इन्टरलन स्टोरेज भएकाले आवश्यक हरेक कुराहरु भण्डारण गर्न सकिने छ । साथै मोबाइलका एपहरुलाई एसडी कार्डमा स्थानान्तरण पनि गर्न सकिने छ ।
मूल्य
ग्यालेक्सी ए२ कोरको नेपाली मूल्य ९ हजार ३ सय ९० तोकिएको छ । यो फोन निलो, खैरो र सुनौलो रंगमा उपलबध् छ । नेपाल अधिराज्यभर रहेका सामसङका आधिकारिक रिटेल स्टोर्सहरु तथा सामसङ ब्राण्ड सपहरुबाट उपलब्ध रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
-
‘पाठेघर मुखको क्यान्सरविरुद्ध खोप अपरिहार्य छ’ (भिडियोसहित)
-
रविचन्द्रन अश्विनको भनाइले जन्मायो नयाँ विवाद
-
आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु
-
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
-
आलु खेतीमा व्यस्त किसान, तस्बिरहरू