दोषी ठहरिएमा कारबाही : आपूर्तिमन्त्री

person explore access_timeसाउन २२, २०७४ chat_bubble_outline0

विराटनगर  आपूर्तिमन्त्री शिवकुमार मण्डलले नेपाल आयल निगमद्वारा जग्गा खरिद गरिएको प्रकरणका सम्बन्धमा मन्त्रालयद्वारा अनुसन्धान भइरहेको बताउँदै दोषी ठहरिएमा कारबाही गरिने दृढता व्यक्त गर्नुभएको छ । 
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सो संसदीय सार्वजनिक लेखा समिति, अर्थ समितिलगायत सरोकार भएका समितिले पनि छानबिन गरिरहेको र जग्गा खरिद प्रकरणमा अनुसन्धानका लागि लेखा समितिद्वारा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिएको जानकारी दिनुभयो । 


दशैँंतिहारका लागि सहज, सुलभ र सस्तो मूल्यमा आवश्यक खाद्यान्नलगायत सामग्री उपलब्ध गराउन सरकार दत्तचित भएर लागेको र मूल्य नियन्त्रण गर्न प्रभावकारी अनुगमन गरिने स्पष्ट पार्नुभयो । चीनसँग गरिएको पेट्रोलियम पदार्थको आपूर्तिसम्बन्धी सम्झौताका सन्दर्भमा उहाँले कुनै एक राष्ट्रमाथिको निर्भरता अन्त्य गर्नुपर्ने बताउँदै जुन देशबाट बढी फाइदा हुन्छ त्यहीँबाट आपूर्ति गरिने छ भन्नुभयो । 



यसअघि विराटनगर विमानस्थलमा ठूलो संख्यामा उपस्थित नेकपा ९माओवादी केन्द्र०का कार्यकर्ताले मन्त्री मण्डललाई २५ किलोको माला पहि¥याएर स्वागत गरेका थिए । पार्टीका तर्फबाट मोरङबाट अहिलेसम्ममा उहाँ मन्त्रिमण्डलमा स्थान पाउने पहिलो व्यक्ति भएको पार्टी कार्यालय सचिव मुक्ति शर्माले जानकारी दिनुभयो । 



कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।