शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

सोमबार, ३० वैशाख २०७६, १२ : ५८
सोमबार, ३० वैशाख २०७६

मकवानपुर– प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज  अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६/७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको  विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आज बताएका हुन् ।

उनका अनुसार बैठकमा आगामी जेठ दोस्रो हप्तामा प्रदेश सरकारको नीति तथा कार्यक्रम र असारको पहिलो हप्ताभित्र अगामी आवका लागि बजेट प्रस्तुत गरिने लक्ष्यका साथ तीव्र तयारी भइरहेको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री ढुङ्गेलले प्रदेशसभाको चौंथो अधिवेशनमै प्रदेश नं ३ को स्थायी राजधानी तोक्ने विषयमा छलफल भई निकास निस्कने सम्भाबना पनि रहेको बताए  । बैठकमा विभिन्न विधेयक प्रस्तुत गरिने नेकपाका संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुुँयालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप