बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रियल सोसीडाडसँग रियलको लज्जास्पद हार

सोमबार, ३० वैशाख २०७६, ०८ : ४८
सोमबार, ३० वैशाख २०७६

एजेन्सी - स्पेनिस ला लिगमा रियल म्याड्रिडले रियल सोसीडाडसँग लज्जास्पद हार खेपेको छ । आइतबार राति भएको खेलमा रियल म्याड्रिड रियल सोसीडाडसँग ३–१ गोलले पराजित भएको हो । सोसीडाडको मैदानमा १० खेलाडीमा सीमित बनेको रियलले पूरै लय गुमायो ।

छैटौ मिनेटमा ब्राहिम डियाजले रियललाई अग्रता दिलाएका थिए । २६ औं मिनेटमा म्केल मेरिनोले गोल गर्दै सोसीडाडलाई बराबरीमा फर्काए । ३९ औं मिनेटमा रियलका जेसस भालेहो रातो कार्ड खाँदै बाहिरिएका थिए । त्यसपछि ५७ औं मिनेटमा जोसेबा जाल्दुआले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । ६७ औं मिनेटमा आन्दर बारेनेटजेयाले सोसीडाडका लागि अर्काे गोल थपेका थिए । हारसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा छ ।

रियलले ३७ खेलमा ५८ अंक बनाएको छ । चौथो स्थानको भ्यालेन्सियाको ५८ तथा पाँचौ स्थानको गेटाफेको पनि ५८ अंक रहेको छ । रियलले अन्तिम खेलमा रियल बेटिससँग खेल्नेछ । ला लिगाकै अर्को खेलमा च्याम्पियन बनिसकेको बार्सिलोनाले गेटाफेलाई २–० गोलले हराएको छ । बार्सिलोनाको जितमा अर्टुरो भिडालले ३९ औं मिनेटमा गोल गरे । अर्को गेटाफेका डिजेने डाकोनामबाट ८९ औं मिनेटमा आत्मघाती गोल भएको थियो । जितसँगै बार्सिलोनाले ३७ अ‍ेलबाट ८६ अंक बनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप