धादिङमा पुस्तकालय स्थापना गर्न सोमबार बेलायतमा च्यारिटी कार्यक्रम गरिँदै
काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्न भोलि सोमबार बेलायतमा च्यारिटी कार्यक्रमको आयोजना गरिने भएको छ ।
नेप्लिज सेफ एशोसिएसन युकेको आयोजनामा मिडल्याण्डमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको एशोसिएसनका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए ।
धुवाँकोट क्षेत्रको लोकप्रिय मानिने विद्यालयको पठन पाठन थप स्तरीय बनाउनुका साथै विद्यार्थीको पठन संस्कृतिलाई विकास गर्ने उद्देश्यका साथ पुस्तकालय स्थापनाको पहल थालिएको तिमल्सिनाले जानकारी दिए ।
भूकम्पले ध्वस्त बनेको सो विद्यालय यसअघि पुनर्निर्माण सम्पन्न भइसकेपनि बजेट अभावमा पुस्तकालय निर्माणको उद्देश्य भने पुरा हुन सकेको छैन ।
भवन समेत बनिसकेर पनि रकम अभावले पुस्तकालय त्यसै अलपत्र रहेको पाइएपछि एशोसिएसनका संस्थापक अध्यक्ष तथा समाजसेवी तिमल्सिनाको पहलमा च्यारिटी कार्यक्रमको आयोजना गरिएको हो । तिमल्सिनाका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।
एशोसिएसनमा तिमल्सिना नेतृत्व रहँदा नै सो स्कुलको पुस्तकालयलाई सहयोग गर्ने निर्णय भएको थियो । गत अप्रिल पहिलो साता एशोसिएसनमा दधि आचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएपछि पहिलो च्यारिटी गर्न लागिएको हो ।
संस्थापक अध्यक्ष तिमल्सिनाका अनुसार पुस्तकालयलाई करीब १० लाखको हाराहारीमा सहयोग गर्ने लक्ष्य लिइएको छ । जुन रकम पुस्तक खरिदलगायतका आन्तरिक व्यवस्थापनमा खर्च गरिनेछ ।
च्यारिटीमा नेपालबाट आउने राष्ट्रिय स्तरका कलाकारको भव्य प्रस्तुति समेत रहने तथा कार्यक्रम संयोजक कृष्ण ढकालले जानकारी दिए । बर्मिङहमको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङ सुटमा हुने कार्यक्रममा चर्चित कलाकारहरु प्रिति आले, कुलेन्द्र बिक, अर्जुन काफ्ले, दीपाशा जलपरीलगायतको विशेष प्रस्तुती रहने उनले बताए । कार्यक्रममा करीब ६ सय जनाको सहभागिता रहने अपेक्षा लिइएको छ ।
ढकालले मिडल्याण्डबासी सबै नेपालीलाई कार्यक्रममा आएर भरपूर मनोरञ्जन लिनको लागि पनि अनुरोध गरेका छन् ।
कार्यक्रममा १० पाउण्डको टिकट तय गरिएको छ भने ५ देखि १० वर्ष मुनीका बालबालिकाको हकमा ७ पाउण्डको तय गरिएको छ ।
सेफ एशोसिएसन बेलायमा क्रियाशिल सबै नेपाली सेफहरुलाई संगठित गर्ने प्रमुख लक्ष्य बोकेको संस्था हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुग्लिन–पोखरा सडक : पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो
-
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार
-
व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी
-
थोरै फिल्म होस्, तर राम्रो छान्छु : वर्षा राउत
-
मेलामा कुटपिट गर्ने ५ जनामाथि मुद्दा दायर
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)