रेशम चौधरीले सिके राउतलाई संकेत गर्दै जेलबाटै पठाए यस्तो पत्र

जनकपुर– प्रदेश नम्बर ५ स्थित कैलालीको टिकापुर घटनाको आरोपमा कारागारमा रहेका रेशम चौधरीको रिहाईको माग गर्दै थारु समुदायले राष्ट्रिय भेला सम्पन्न गरेका छन् । ‘रेशम चौधरी बचाउ अभियान’ को अगुवाईमा सप्तरीमा भएको भेलाले रेशम चौधरी निर्दोष रहेको ठहर समेत गरेको छ । सो भेलाले ५ बुँदे माग समेत अघि सारेको छ ।
संविधान संशोधन, थरुहट प्रदेशको स्थापना, विभिन्न सरकारले थरुहटसँग गरेको सहमतिको कार्यान्वयन, टिकापुर घटना छानविन आयोगको प्रतिवेदनको सार्वजनिकीकरण र टिकापुर घटनापछि थारुहरू उपर भएको दमन, हिंसा आगजनी र बलात्कारमा संलग्नहरू उपर कारवाही सहित ५ बुँदे माग राखिएको छ ।
टिकापुर घटनामा संलग्न रहेको आरोपमा ४२ महिना जेल जीवन बिताएर थुनामुक्त भएका लक्ष्मण थारुले वर्तमान संविधान थारुहरूलाई स्वीकार्य नभएको भन्दै संविधानको ३५ बुँदामा संशोधन हुनुपर्ने आफूहरूको माग रहेको बताए ।
संविधानको धारा २०७४ ले संविधान संशोधनको व्यवस्थालाई जटिल बनाउनुका साथै प्रदेशको सिमाङ्कन फेर्न नसकिने रहेकाले धारा २७४ र अनुसूची ५ को संशोधन आवश्यक रहेको बताए । टिकापुर घटना छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै उनले प्रतिनिधिसभा सदस्य रेशम चौधरीसहित ११ जनालाई जेल मुक्त नगरेसम्म संसदमा हंगामा मच्चाउन र बजेट पास हुन नदिन राजपाका नेताहरूसँग आग्रह गरे ।
थारु समुदायको अधिकार प्राप्तिका लागि आन्दोलनको विकल्प नरहेको समेत उनले बताए । ‘काँग्रेस र नेकपाले चाहेजस्तो हामी अब सहिद बन्ने खालको आन्दोलन चाहँदैनौ शान्तिपूर्ण र सशक्त आन्दोलनको तयारीमा जुटेका छौ’ उनले भने । १२ वर्षको जनयुद्धमा ३ हजार थारुले ज्यान गुमाएको स्मरण गर्दै उनले भने, ‘बम बनाउन र पड्काउन हामीलाई पनि आउँछ तर हामी आतंककारी होइनौ, बुद्धका सन्तान हौ र हाम्रो नशा नशामा शान्ति छ । त्यसैले विना सर्त हाम्रो मागलाई सरकारले पुरा गर्नुपर्छ ।’
रेशम चौधरीले पठाए यस्तो पत्र
कारागारबाट रेशम चौधरीले पठाएको शुभकामना सन्देश दाङका महेश थारुले पढेर सुनाएका थिए । उक्त सन्देशमा चौधरीले सिके राउततर्फ संकेत गर्दै धेरै भोट पाएकै कारण आफू जेलमा कोचिनुपरेको तर छुट्टै देश मागिने राष्ट्रप्रेमी भएको ब्यंग्य गरेका थिए । उनले सन्देशमा अघि प्रश्न गरेका छन् ‘तर यही देशका आदिवासी हामी थारु कसरी अपराधी भयौ ?’
‘जेलमा मान्छे थुनिन सक्छ तर विचार थुनिन सक्दैन रेशम चौधरी व्यक्ति हो तर उसले उठाएको मुद्दा थारुहरूको हो’ सन्देशमा उनले जिकिर गरेका छन् । तेजलाल चौधरी बाहेक सबै पार्टीका सांसदहरू आ–आफ्नो पार्टीको दास भएको भन्दै उनले सन्देशमा अगाडी भनेका छन् । ‘थारु कुनै पसलमा बिक्री हुने वस्तु होइन, पसल टिकाउने र नाम भजाउने थारुको नाममा व्यापार गर्नेहरूले थारुलाई के दिए ?’
सोही कार्यक्रममा बोल्दै राजपाका महासचिव समेत रहेका आदिवासी जनजाति नेता राजकुमार लेखीले रेशम चौधरी लगायतको रिहाइ आफूहरूले गराउने विश्वास दिलाए । प्रदेशसभा सदस्य विन्देश्वर यादवले थारु हक अधिकार विरुद्ध लाग्ने थारु नेताहरूलाई बहिष्कार गर्नु पर्ने बताए । कैलाली घटनाकै आरोपमा पक्राउ परि हालै जेल मुक्त भएका रामप्रसाद चौधरीले आफूहरूको आन्दोलन नसेलाएको भन्दै अखण्ड सुदूरपश्चिम र कर्णाली प्रदेशजस्तै थारुहट प्रदेश लिएरै छाडने जिकिर गरे ।
भेलामा भारत–नेपाल सामाजिक सांस्कृतिक मञ्चका भारतका अध्यक्ष राजेश कुमार शर्माले रेशम चौधरीको मुद्दा थारू आन्दोलनका लागि नभएको बरु मधेशको अधिकारकको लागि भएको दाबी गरे ।
संघर्ष समितिका संयोजक रमाकान्त थारु (राज थारु) को अध्यक्षतामा सम्पन्न भेलामा सांसद चन्द्रकान्त चौधरी, संघर्ष समितिकी कल्पना चौधरी लगायतले सम्बोधन गरेका थिए । सम्मेलनमा झापा, मोरङ, सुनसरी, सप्तरी, दाङ, कैलाली सहितका जिल्लाहरूबाट थारु अगुवाहरूको सहभागिता रहेको समितिका संयोजक रमाकान्त चौधरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षामन्त्रीको राजीनामाले आन्दोलन नरोक्ने शिक्षहरुको चेतावनिदेखि निजामती कर्मचारीलाई दोहोरो सुविधामा लगामसम्म
-
कक्षा १२ को परीक्षाबारे निर्णय गर्न मंगलबार बोर्डको बैठक बस्ने
-
जापानमा नेपाल हाउस निर्माणार्थ फेस्टिवलमा ८० लाख भन्दा बढी मुनाफा
-
किर्ते जालसाजी मुद्दामा पूर्ववडाध्यक्ष साह पक्राउ
-
सुमनाको कटाक्ष : राजीनामा आयो शिक्षामन्त्रीको, आउनुपर्नेथ्यो प्रधानमन्त्रीको !
-
एमाले सांसद थापा भन्छन् - शिक्षामन्त्रीको राजीनामा अनपेक्षित र असान्दर्भिक, स्वीकृत नगरियोस्