बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गाई चोर्ने पक्राउ

आइतबार, २९ वैशाख २०७६, १८ : ४५
आइतबार, २९ वैशाख २०७६

प्रहरीले चोरी गरी ल्याएको गाई वस्तुसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ उर्लाबारी घर भएका तारानिधि गुरागाईं र विदेश लिम्बु रहेका छन् । 

उनीहरुले वैशाख २६ गते १० बजे राती झापा दमक नगरपालिका–४ का विवेक शर्मा भट्टराईको गोहाली घरबाट १ वटा गाई, १ वटा बहर बाच्छो र १ वटा कोरेली बाच्छी चोरेका थिए । 

झापाबाट चोरी भएको गाईवस्तु उनीहरुले मोरङको रतुवामाई नगरपालिका–२  डोरियास्थित रहेको नेपाल–भारत सीमानाको ३८ नम्बर पिल्लर नजिक ल्याई पुर्याएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

झापाको इलाका प्रहरी कार्यालय दमकमा गाइवस्तु चोरेको निवेदन परेपछि त्यहाँबाट इलाका प्रहरी कार्यालय सिजुवामा खोजी गरिदिन भन्दै दमक प्रहरीले पत्र काटेको थियो । 

सोही आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उक्त गाईवस्तुको अनुमानित बजार मूल्य ७५ हजार रहेको छ । 

पक्राउ परेका उनीहरुमाति आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय दमक नै पठाइएको जिप्रका मोरङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप