शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेनो अटोमोटिभले ल्यायो नयाँ अकार्षक गाडी, ‘लजी स्टेपवे रेन्ज’ अनाबरण

आइतबार, १४ जेठ २०७४, २१ : ५७
आइतबार, १४ जेठ २०७४

नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइलले रेनोको नयाँ गाडी ‘लजी स्टेपवे’ संस्करणको आकर्षक गाडी आज अनावरण गरेको छ ।

यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित रहेको कम्पनीले जनाएको छ । नयाँ लजी स्टेपवेले डिजाइन स्पेस कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्ने बताइएको छ । नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडी नेपाली बजारमा प्रारम्भिक मूल्य रु ३९लाख ९५,हजार सहित सार्वजनिक गरिएको छ ।
न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ, जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण (७ र ८ सीट अप्सनमा उपलब्ध) मा उपलब्ध छ । लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध छन् ।
एमपीभी सेगमेन्ट नेपाल ग्राहकहरुलाई जो आकर्षक मूल्य प्रस्तावको बारेमा ध्यान दिन्छन, उनीहरुलाई सम्बोधन गर्दछ । यो लाइनमा रेनोले आकर्षक स्थान बनाएको घोषणा गरेको छ । जसले एसयूभीको जस्तो यात्रा तथा संचालन, शक्ति, सस्पेन्सन तथा ग्राउण्ड क्लियरेन्सको अनुभव दिँदै लागत न्यूनिकरण गर्न अधिक माइलेज, न्यून मर्मत खर्च, सुपरियर ड्राइभ परफरमेन्स प्रदान बताइएको छ ।
भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुलेको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडीलाई प्राथमिकता दिने भएकोले कम्पनीले नेपालमा पनि टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुबाट कम्पनीले सोही अपेक्षा राखेको जनाएको छ ।
सुरक्षामा बिना कुनै सम्झौता
रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व हो । कयौं सक्रिय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनोल्टका गाडिहरु उपलब्ध छन् । कयौं सुरक्षा संयन्त्रहरुका साथसाथै, रेनो लजी स्टेपवेसुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगर, लगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरु यस कारमा राखिएका छन् । यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो उच्च श्रेणीका कारहरुमा मात्र राखिएको हुन्छ ।
रेनो ग्रूपको बारेमा
रेनो समूहले सन् १८९८ देखि कारहरु उत्पादन गर्दै आएको छ । आज यो  अन्तर्राष्ट्रिय बहुदेशिय ब्राण्ड भएको छ, सन् २०१५ मा २८ लाख गाडीहरु १ सय २५ देशहरुमा बिक्री गरेको छ, यसका ३६ वटा उत्पादन क्षेत्रहरु रहेका छन, र १ लान २०हजार भन्दा बढि मानिसहरुलाई रोजगारी प्रदान गरिरहेको छ ।

भविश्यका प्रमुख प्राविधिक चुनौतीहरु पुरा गर्न र निरन्तर लाभदायक विकासको रणनीति, समूहले यसको अन्तर्राष्ट्रिय विकास र यसका पुरक ब्राण्डहरु, रेनो, डासिया र रेनोल्ट सामसंग मोटर्स, इलेक्ट्रिक गाडिहरु, निसानसँगको गठबन्धन, तथा ड्यामल र एभटोभाजसँगको यसको भागीदारीमा अगाडि बढाईरहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमराज दाहाल
खेमराज दाहाल

खेमराज राजनीतिमा विशेष चासो राख्ने गर्दछन् 

लेखकबाट थप