शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउतलाई १२ बुुँदे सुुझावपत्र

शनिबार, २८ वैशाख २०७६, २० : ३५
शनिबार, २८ वैशाख २०७६

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र पर्यटनमन्त्री राम नरेश यादवलाई नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघले  नीतिगत १२ बुँदे सुझावपत्र बुझाएको छ । 

प्रदेश २ स्थित होटेल तथा पर्यटन विकासको लागि महासंघले शनिवार एक समारोहका बीच वीरगञ्जस्थित उक्त सुुझावपत्र हस्तान्त्रण गरेको हो ।

प्रदेश नम्बर २ को पर्यटन विकास तथा प्रवद्र्धन गर्दै पर्यटनलाई व्यवसायीकरण गर्न सरकारले कार्य योजनालाई प्राथमिकताका साथ र्र्काान्वयन गर्न गराउन महासंघले नीतिगत १२ बुँदे सुझाव हस्तान्त्रण गरेको छ ।

महासंघले बुझाएको सुझावलाई स्विकार गर्दे मुख्यमन्त्री राउतले सुझावलाई प्रदेशको प्रर्यटन विकासको मुख्य खाका मानी यस बर्षको नीति तथा कार्यक्रममा समाबेश गरि बजेट विनियोजन गरिने बताए ।

पर्यटनमन्त्री राम नरेश यादवले प्रर्यटन सम्बन्धी काम गर्ने निजि क्षेत्रका यस महासंघले प्रदेश नम्बर २ को पर्यटन विकासमा गम्भिर भएर लागेकाले महासंघको सुझाव यथा सम्भब कार्यन्वयन गर्ने बताए । 

धार्मिक पर्यटनलाई व्यवसायिककरण गर्न जनकपुरमा त्रेतायुग स्मरण गराउने गरी रामायण तथा मिथिला संस्कृती झल्किने पर्यटकीय फनपार्क निर्माण गरी धार्मिक पर्यटकलाई थप आकर्षण गर्ने गराउने सुुझावपत्रमा उल्लेख रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप