समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्दै, राजपासँग वार्ता पहल

काठमाडौं–नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ ।
पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार विराटनगर, पोखरा, जनकपुर वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढीमा गरिने कार्यक्रमलाई पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले सम्बोधन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।
कार्यक्रम तालिकाअनुसार आगामी जेठ ११ गते विराटनगर, १२ गते जनकपुर, १३ गते वीरगञ्ज, १७ गते भैरहवा, १८ गते नेपालगञ्ज, १९ गते सुर्खेत, २१ गते धनगढी र २५ गते पोखरामा सम्बोधन गर्ने कार्यक्रम छ । काठमाडौँमा भने पार्टी एकीकरणको दिनलाई नै आधार मानिने सहअध्यक्ष श्रेष्ठले बताए ।
पार्टी एकीकरणपछि भएको पहिलो पदाधिकारी बैठकले काठमाडौँसहित देशका आठ शहरमा कार्यक्रम गर्ने निर्णय गरेको थियो ।
यही वैशाख २३ गते सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी, नेपालबीच पार्टी एकीकरण भई नयाँ समाजवादी पार्टी घोषणा गरिएको थियो ।
सहअध्यक्ष श्रेष्ठले प्रदेश र जिल्ला तहमा जनसङ्गठन एकीकरणलाई प्रभावकारी रुपमा अघि बढाइने बताए । समाजवादी पार्टीको प्रदेश नं ६ र ७ बाहेक सबै प्रदेशमा सङगठन रहेको पनि उनले जानकारी दिए । समाजवादी पार्टीका १९ सांसद छन् ।
राजपासँग वार्ता पहल
यसैबीच समाजवादी पार्टीले राष्ट्रिय जनता पार्टी नेपाल राजपा सँग पार्टी एकीकरणका लागि पहल थालेको छ । पार्टीका सहअध्यक्ष श्रेष्ठको संयोजकत्वमा गठित पाँच सदस्यीय वार्ता टोलीले आवश्यक छलफल शुरु गरेको सो पार्टीले जनाएको छ ।
राजपासहित विचार र सिद्धान्त मिल्ने दल एवं सङ्गठनलाई एकताका लागि अपिल गरिएको संयोजक श्रेष्ठले उल्लेख गरे । वार्ता समितिमा पर्शुराम खापुङ, नवराज सुवेदी, डम्बर खतिवडा र रामसहाय यादव सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
फिल्ममा लगानीको बाढी : जेठमा निर्माण दोब्बर, ५० करोडको लगानी घोषणा
-
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक
-
अहमदाबादबाट लन्डन गइरहेको एयर इन्डियाको फ्लाइट रद्द