शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘लुट्न सके लुट’पछि पशुपति शर्माले ल्याए नयाँ गीत

शनिबार, २८ वैशाख २०७६, १२ : ३७
शनिबार, २८ वैशाख २०७६

काठमाडौं– गायक पशुपति शर्माको नयाँ गीत सार्वजनिक भएको छ । लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को विषयलाई लिएर गीत बनाएका छन् ।
‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ती मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवस हुमागाँई र नविन घर्ती मगरले सम्पादन गरेका हुन् । यस्तै भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप