शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एक लाख अमेरिकी डलरसहित भारतीय नागरिक प्रहरीको फन्दामा

शनिबार, २८ वैशाख २०७६, १२ : १३
शनिबार, २८ वैशाख २०७६

काठमाडौं– प्रहरीले एक लाख अवैध अमेरिकी डलरसहित एक भारतीय महिलालाई विमानस्थलबाट पक्राउ गरेको छ । 

शुक्रबार नेपाल एयरलाइन्सको विमानबाट मुम्बई जान लागेकी भारतीय नागरिक बन्दना सोनी भनिने बन्दना घनश्याम सोनीलाई प्रहरीले पक्राउ गरेको हो । 

चेकजाँचको क्रममा उनको साथबाट अवैध अमेरिकी डलर १०० दरको एक हजार थान भेटिएपछि नियन्त्रणमा लिइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता नारायण रञ्जितकारले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप