कक्षा १० मा डीएभी स्कूल उत्कृष्ट
ललितपुर– शैक्षिक सत्र २०१८–१९ मा सीबीएसई बोर्डद्वारा संचालित कक्षा १० को बोर्ड नतिजामा डीएभी शुशील केडिया विश्व भारती विद्यालयले बिगतका सबै रेकर्ड तोड्दै प्रथम स्थान हासिल गरेको छ । विद्यालयले नेपालमा रहेका सीबीएसई विद्यालयको सबै रेकर्ड तोडेको हो ।
डीएभी विद्यालयका आदित्य अग्रवालले ९८.६% अङ्कका साथ प्रथम स्थान हासिल गरेका छन् । दोस्रो स्थानको लागि अर्पित खेतानले ९६.८% प्राप्त गरे भने आयुश श्रेष्ठले ९६.४% प्राप्त गरी तेस्रो स्थान हासिल गरेका छन् ।
डीएभी विद्यालयबाट सहभागी कुल १४८ परीक्षार्थी मध्ये ३९ जना विद्यार्थीेहरूले ९०% प्रतिशतभन्दा माथिको नतिजा निकालेका छन् भने सहभागी सबै परीक्षार्थी उतिर्ण भएका छन् । दुई दिन अघि प्रकाशित सीबीएसई कक्षा १२ को बोर्ड नतिजामा समेत डीएभी विद्यालयले नेपालबाट अहिले सम्मकै रेकर्ड तोड्दै उत्कृष्ट नतिजा हासिल गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले कपिलवस्तुको अधिवेशन २६ गते हुने
-
नेपालको मौसम र अहिलेको राजनीति उस्तैउस्तै होः अध्यक्ष नेपाल
-
विकराल बन्दै डढेलो
-
काठमाडौँमा 'सफल ह्याप्पी काउ मिल्क' उपलब्ध
-
सरकारी जग्गा व्यक्तिको नाममा गर्ने अमिनविरुद्ध आरोपपत्र दायर
-
गाउँपालिका उपाध्यक्ष र तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा