बाजुरामा ट्र्याक्टर दुर्घटना, १ जनाको मृत्यु
शुक्रबार, २७ वैशाख २०७६, १८ : १७
बाजुरा– ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी क्षेत्र कोल्टी जाँदै गरेका लु ४ त ७८१ नंको ट्र्याक्टर बूढीनन्दा नगरपालिका–५ दान सागुमा भएको दुर्घटनामा बूढीनन्दा नगरपालिका–७ का २१ वर्षीय डपेन्द्र खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा कैलाली जिल्ला घोडाघोडी नगरपालिका–१० का १९ वर्षका चालक खगेन्द्र चौधरी र बाजुरा जिल्ला स्वामी कार्तिक गाउँपालिका–३ बस्ने प्रकाश शाही रहेको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । घाइतेको कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला