खानेपानीको महसुल ई–सेवाबाट
चितवन –भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।
खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको शुरुआत गरिएको हो । वैशाख १५ गतेदेखि परीक्षणको रूपमा शुरु गरिएको ई–सेवालाई बिहीबारबाट औपचारिकरूपमा ल्याइएको कार्यालयका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए ।
खानेपानी बोर्डमा २७ हजार ग्राहक छन् । उनीहरुलाई सहजताका लागि ई–सेवा फोनपे प्रालिसँगको समझदारीमा यो सेवा दिन लागिएको हो । सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन यो कार्यक्रम लागू गरिएको दाहालले बताए । यो सेवामार्फत ५० प्रतिशत सेवाग्राहीलाई सेवा दिने लक्ष्य रहेको छ । विसं २०३३ बाट जुगेडीमा पाइपलाइनको विस्तारसँगै शुरु भएको खानेपानी कार्यालय अहिले आएर बोर्डमा परिणत भएको हो ।
भरतपुर महानगरपालिकाभित्र सेवा दिने उद्देश्यका साथ सञ्चालनमा रहेको बोर्डले अहिले महानगरको १ नं वडादेखि १६ नं वडासम्म सेवा दिँदै आएको छ । बोर्डले महानगरका ४३ प्रतिशत जनतालाई सेवा दिएको दाहालले जानकारी दिए । अन्य क्षेत्रमा पनि सेवा विस्तारको कामलाई तीव्र बनाइने उनले जानकारी दिए ।
अहिले ३३ डिपबोरिङमार्फत जनतालाई सेवा दिँदै आएको बोर्डले जमीनमुनि १०० मिटर तलबाट पानी तानेर प्रशोधन गरी पिउन योग्य बनाउँदै आएको छ । अहिले दैनिक दुई करोड पाँच लाख लिटर पानी प्रशोधन भई वितरण गरिँदै आएको छ । जसमध्ये २५ प्रतिशत चुहावट हुने गरेको र अन्य सेवाग्राहीले प्रयोग गर्ने गरेको बोर्डले जनाएको छ ।
बोर्डले दुई प्रकारका धारा वितरण गर्दै आएको छ । निजी धारा र संस्थागत धाराको प्रयोग भइरहेको दाहालले जानकारी दिए । बोर्डसँगै रहेको पानी प्रयोगशालामा मासिक ३० धाराको पानीको नमूना सङ्कलन गरी परीक्षण गर्दै आइएको सो अवसरमा जानकारी दिइएको थियो । बोर्डले मासिकरुपमा पानी प्रयोग गरेवापत रु ७० देखि ७५ लाख आम्दानी गर्दै आएको छ ।
यस्तै महानगरकै अन्य चार स्थानमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र उपभोक्ताको सक्रियतामा पिउने पानीको व्यवस्था गरिएको छ । शारदानगर, शुक्रनगर, जगतपुर, पटिहनीमा कार्यालयले उपभोक्तासँग मिलेर पानीको व्यवस्था गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
साफ महिला फुटबल च्याम्पियनसिप : आज नेपाल र भुटान तथा श्रीलङ्का र मालदिभ्सबिच प्रतिस्पर्धा
-
सौराहामा डुलिहिँड्ने गैँडा (तस्बिरहरू)
-
बीपी राजमार्ग स्थायी रूपमा पुनर्निर्माणका लागि अध्ययन गर्नै २ महिना लाग्ने
-
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
-
पहिलो टी–२०आई सिरिज : नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य
-
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा