तराई मुक्ति मोर्चा राजपा नेपालमा विलय

जनकपुर– भूमिगत गिरोह चलाउँदै आएका स्वामी बाबाको नेतृत्वको जनतान्त्रिक तराई मुक्ति टाइगर्स पार्टी राष्ट्रिय जनता पार्टी नेपालमा विलय भएको छ ।
केन्द्रिय अध्यक्ष रामलोचन ठाकुर उर्फ स्वामी बाबाको अगुवाईमा दर्जनौँ नेता तथा कार्यकर्ताहरु राजापा प्रवेश गरेका हुन् ।
उनीहरुलाई राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव र प्रदेश २ का उद्योग, पर्यटन बन तथा बाताबरण राज्यमन्त्री सुरेश मण्डलले बिहीबार पार्टी प्रवेश गराएका हुन् ।
कार्यक्रममा मोर्चाका अध्यक्ष ठाकुरसहित उपाध्यक्ष भोला मुखिया, केन्द्रिय महासचिव पुष्पराज राय चमन र केन्द्रिय कोषाध्यक्ष महाबिर प्रसाद यादवलगायतका नेताहरु सहभागी थए ।
पूर्व सञ्चार मन्त्री समेत रहेका राजपा नेपालका अध्यक्ष मण्डल सदस्य यादवले मधेशी लगायत उत्पीडित समुदायहरुको हक अधिकारका लागि संघर्षरत रहेको जिकिर गर्दै नेपालमा उत्पीडितहरुका हक अधिकार राजपाले मात्र स्थापित गराउन सक्ने दावी गरे ।
उनले मधेशका सम्पूर्ण शक्तिहरुलाई राजपामा आबद्ध भई अधिकार प्राप्तिको संघर्षमा लाग्न आह्वान समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधनमा आमाको नामबाट नागरिकता दिने विषय समेटिनुपर्छ : सरोकारवाला
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ