शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पर्वतारोहण संघको अध्यक्षमा लामा विजयी

आइतबार, २२ साउन २०७४, ०९ : ३०
आइतबार, २२ साउन २०७४

काठमाडौँ  - नेपाल पर्वतारोहण संघ एनएमएको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा ३८३ मतका साथ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भए ।  उनका निकटतम प्रतिद्वन्द्वी जिङ्बाजाङ्बु शेर्पाले ३१६ मत प्राप्त गरे ।  

संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३७० मतका साथ विजयी भए, भने द्वितीय उपाध्यक्षमा ३८४ मत प्राप्त गरी माया शेर्पा विजयी भएका छन् । 
त्यस्तै महासचिवमा कुलबहादुर गुरुङ ३८१ मत प्राप्त गरी निर्वाचित भए । सचिवमा ३५० मतका साथ टीकाराम गुरुङ र कोषाध्यक्षमा ३३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी भएका नवनिर्वाचित सदस्य विनय शाक्यले जानकारी दिए । 

त्यसैगरी सदस्यमा प्रा डा हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भए । 

शनिबार बिहान देखि अपराह्न ४ः२० सम्म मतदान भएको निर्वाचनको मतगणनाको परिणाम आज बिहान १ बजे सार्वजनिक भएको थियो । एक हजार ३९ मतदाता रहेकामा ७६० मत खसेको थियो । निर्वाचनबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य निर्वाचित भएका छन् । 

तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य नोमिनेसनबाट चुनिने छन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ । निर्वाचनमा जिम्बाजाङ्बु शेर्पा र सन्तवीर लामाको समूहले प्यानलसहित प्रतिस्पर्धा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप