शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा स्पोर्टस् अवार्डबाट सम्मान

आइतबार, २२ साउन २०७४, ०९ : ००
आइतबार, २२ साउन २०७४

पोखरा - खेलकुद पत्रकार मञ्च कास्कीले शनिबार खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्ति, खेलाडी र संस्थालाई पोखरा स्पोर्टस् अवार्डबाट सम्मान गरेको छ । 

पोखरा स्पोर्टस् अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्डबाट पूर्व फुटबल एवं एथलेटिक्सका खेलाडी खड्गबहादुर रानाभाट सम्मानित भएका छन् । 

पोखरा–लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले रानाभाटलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । 

यस्तै वर्ष उत्कृष्ट पुरुष खेलाडीमा लन टेनिसका कुमार अधिकारी, वर्ष उत्कृष्ट महिला खेलाडीमा भलिबलकी अरुणा शाहीलाई पुरस्कृत गरिएको छ । उनले जनही रु २५÷२५ हजार नगद र एक थान सामसुङ मोबाइल प्राप्त गरे । 
यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा तेक्यान्दोका सुनबहादुर लामा, वर्ष उत्कृष्ट नवप्रतिभा खेलाडीमा भलिबलकी ममता डगौरा, वर्ष उत्कृष्ट खेल संघमा कास्की जिल्ला लन टेनिस संघलाई सम्मान गरिएको छ । 

उनीहरुले रु १०÷१० हजार, ट्रफी र सम्मानपत्र पाए । उनीहरुलाई नेपाल पत्रकार महासंघ कास्कीका सभापति दीपेन्द्र श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यम गुरुङ, गायक प्रमोद खरेललगायतले पुरस्कृत गरेका थिए । 

सो अवसरमा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले महानगरलाई दक्षिण एशियाकै प्रशिक्षणको केन्द्र बनाउने उद्घोष गरे । 

लाइभटाइम एचिभमेन्टबाट सम्मानित खड्गबहादुर रानाभाटले घरपरिवारबाटै हौसला भएमा मात्रै खेलाडीले सफलता पाउन सक्ने विचार व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप