शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिहीबार कुन राशिका लागि कति लाभदायी ?

बिहीबार, २६ वैशाख २०७६, ०६ : १०
बिहीबार, २६ वैशाख २०७६

वि.सं.२०७६ साल वैशाख २६ गते । बिहीबार । ईश्वी सन् २०१९ मे ०९ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि पञ्चमी,४५ घडी ३६ पला,बेलुकी ११ बजेर ३६ मिनट उप्रान्त षष्ठी । नक्षत्र आद्रा,२६ घडी ०० पला,दिउसो ०३ बजेर ४५ मिनेट उप्रान्त पुनर्वसु । योग धृति,३५ घडी ५२ पला,बेलुकी ०७ बजेर ३८ मिनेट उप्रान्त शूल । करण बव,दिउसो १२ बजेर ३१ मिनेट उप्रान्त वालव,बेलुकी ११ बजेर ३५ मिनेट उप्रान्त कौलव । आनन्दादिमा काण योग । चन्द्रराशि मिथुन । श्री आद्यशंकराचार्य जयन्ती। श्रीरामानुजाचार्य जयन्ती। कानुन दिवस। 

काठमाडौंमा सूर्योदय ०५ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ४१ मिनेट । दिनमान ३३ घडी २० पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइने छ । दाजुभाई तथा छिमेकिको साथ नपाइने  हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरिएको लगानी बाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसायमा बढोत्तरिको योग रहेकोछ भने आम्दानीका स्रोतहरु फराकिला हुनेछन्  । अध्ययन अध्यापनमा मन जाने हुनालेनतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । पारिवारिक जमघटमा सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । आफन्त तथा कुटुम्बहरुको सहयोग तथा समर्थन रहने हुनालेनौलो प्रकृतिको काम गर्न जागर चल्नेछ । माया प्रेममा रमाउँन चाहनेहरुका लागि समय उत्तम रहेकोछ भने थोरै बोलेर प्रशस्त रुपैया पैसा कमाउन सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) राम्रा तथा सामाजिक काम गरि अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठुलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होईनेछ । थोरै स्रोतसाधन प्रयोग गरि असिमित आवस्यक्ताहरु पूरागर्न सकिनेछ । प्रेम प्रशङमा रमाउँन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मिठा मिठा कुरा गरि समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपार्ईँँ आफ्नै पोल्टोमा पर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामगर्दा बिशेष शावधानि अपनाउँनुहोला समयमा नसकिने हुँदा मान सम्मानमा कमि हुनेछ । बाहिरि वाताबरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ । व्यापार व्यावसायमा मन्दि आउँनेछ भने बिदेशी लगानी बाट सञ्चालित उद्योग तथा व्यावसाय फस्टाएरु जानेछ । कर्मप्राप्तिको लागि लामो दुरिको यात्रा हुने अधिक सम्भावना रहेकोछ । पढाइ  लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्राकृतिक स्रोत साधन, सरकारी स्रोत तथा अन्य भौतिक सम्पतिको प्रयोग मार्फत यथेष्ट आम्दानी बढाउन सकिनेछ । नया प्रकृतिको व्यापार व्यावसायमा लगानी गर्ने बाताबरण बन्ने हुनाले मनग्गे धनलाभ हुने योग रहेकोछ । पुराना कामहरुबाट भनेभन्दा अढिनै आम्दानी हुनेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ भने घर परिवारका सदस्यहरुबाट सहयोग पाइने छ । बिद्या तथा प्रतिष्पर्धामा अरुदिन भन्दा राम्रो प्रगति गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राज्यबाट अनाबश्यक झैझमेला भोग्नु पर्नेछ भने सेवा प्रबाह गर्नेहरुले तपार्ईँको काम समयमा नगर्दिनाले महत्वपुर्ण उपलब्धि गुम्न सक्छ । व्यापार व्यावसाय खस्केर जानेछ भने आम्दानीकास्रोतहरु साघुरा भएर जानेछन् । अध्ययन अध्यापनमा मन नजाने हुनाले उपलब्धि अरुकै पोल्टोमा पर्नेछ । माया प्रेममा सामान्य अबिश्वास सिर्जना हुने योग रहेकोछ । आफ्नो धन सम्पतिमा अरुले नै अधिकार जमान खोज्नेछन् ध्यान दिनुहोला ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) महत्वपुर्ण जिम्मेवारि सम्पादन गर्नको लागि अवसर जुर्नेछ । राज्य तथा राजनीतिमा सम्मानजनक उपश्थिति रहने हुनाले जनताको काम गरि नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्यात्म तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिर गई टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । यात्रा सँग सम्बन्धित व्यावसाय फस्टाएर जानेछ भने आर्थिक अवस्थामा सुधार भएर जानेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । 
    
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानी न्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाइमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पर्यटकिय तथा रमाईलो यात्रा हुनेछ भने भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त आम्दानी हुनेछ । मायाप्रेम तथा पतिपत्नि बिचको सम्बन्धमा बिश्वासको बाताबरण मजभुत भएर जानेछ । पारिवारिक माहोलमा दिन बित्न तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछि पारि आफू अगाडि बढ्ने समय रहेको छ । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यावसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुनेनिर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइ  लेखाइ मा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी  बडाउँदा राम्रो कमाई हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ  भने भौतिक धन सम्पति लाभ हुनेसमय रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला आलोचनाको शिकार हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गर्ने समय नरहेकोले केहि समय पर्ख र हेरको रणनिति अपानाउनु होला । आमाको तथा आमा सरहका मानिसको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्नेछ । अध्ययन तथा अध्यापनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य मनमुटाव बढ्नेछ ध्यान दिनुहोला ।


तपाईको दिन शुभ रहोस् ।     

यूवा ज्योतिषि डिपि भण्डारी    
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन न।९८०८३०७२७५
नोटः चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप