मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ को लुम्बिनी भ्रमण वर्ष कार्यक्रम सार्वजनिक

बुधबार, २५ वैशाख २०७६, १८ : ४२
बुधबार, २५ वैशाख २०७६

काठमाडौं– प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको छ । गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने भएको हो ।

समग्र लुम्बिनीलाई पर्यटन प्रवद्र्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न सो भ्रमण वर्ष मनाउने निर्णय गरिएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले जानकारी दिए । ‘बुद्ध जन्मस्थल लुम्विनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने मूल नारा तय गरिएको सो भ्रमण वर्ष आगामी जेष्ठ ४ गते लुम्विनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने पनि बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । प्रदेश ५ का मुख्यमन्त्री पोखरेलले आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिएर बाह्य पर्यटनलाई आकर्षित गर्ने सो पर्यटन भ्रमण वर्षको मूल उद्देश्य रहेको पनि स्पष्ट पारे ।

कार्यक्रम अनुसार सबै प्रदेशलाई प्रदेश ५ को सरकारले लुम्विनी भ्रमण वर्षको निम्तो दिनेछ । भ्रमण वर्ष कार्यक्रम अन्तरगत आगामी जेष्ठ ५ गते लुम्विनीमा मायादेवी प्रसुति उत्सव आयोजना गरिनेछ । त्यसैगरी लुम्विनी फुड फेष्टिबल, मायादेवी मन्दिर परिसरमा दैनिक द्धिप प्रज्वलन, धार्मिक यात्रा र त्रिपिटक वाचन, योग तथा ध्यान शिविरहरु पनि संचालन हुने प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले बताइन् ।

जीवनमा एक पटक बुद्धको जन्मभूमिमा पुग्ने आकांक्षा बोकेका विश्वका डेढ अरव बौद्धमार्गीहरुलाई लुम्विनी र नेपालको भ्रमणमा आकर्षित गर्ने लक्ष्य पनि सो कार्यक्रमको रहेको प्रदेश ५ को सरकारले जनाएको छ । मुख्यमन्त्री पोखरेलले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन पनि प्रदेश ५ को लुम्विनी भ्रमण वर्षले सहयोग पु¥याउने विश्वास पनि व्यक्त गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप