केन्द्रीय संस्करण

एउटा यस्तो गाउँ जहाँ कुरा काट्न बन्देज छ

person explore access_timeबैशाख २५, २०७६ chat_bubble_outline1

फिलिपिन्सको एउटा सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ । उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको उक्त गाउँमा कुनै पनि हल्ला नफैलिओस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून नै बनाए ।

नयाँ कानून अनुसार नचाहेको हल्ला फैलाउनेलाई शहरको फोहोर संकलन गर्न लगाइन्छ । पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिनुपर्छ । उनीहरुले आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ । तर उक्त कानूनले के लाई कुरा काटेको मान्ने भनेर निश्चित मापदण्ड भने तोकेको छैन । यद्यपी, मेयर र्‍यामन गुइकोले व्यक्तिको सम्बन्ध र आर्थिक विषयमा कुरा गरे त्यो दण्डनीय हुने उदाहरण दिएका छन् ।

यो नयाँ कानून अचम्मको लागेपनि बिनालोननको छिमेकी गाउँ मोरेनो गाउँमा सन् २०१७ देखि लागू गरिँदै आएको छ । त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने दिउँसोको समयमा फोहोर संकलन गरिसकेका छन्  ।

कुरा काट्नुलाई मेयर गुइकोले समयको बर्बादी बताएका छन् । उनले भने, ‘यो समयको बर्बादी मात्र हो,’ मेयर गुइकोले भने, ‘मानिसहरुले यो भन्दा निकै राम्रो काम गर्न सक्छन् । कुरा काट्ने प्रवृत्तिलाई प्रतिबन्ध लगाउँदा मानिसहरुको गुणस्तरीय जीवनमा सुधार ल्याउन सकिन्छ ।’

४४ वर्षे मेयरले स्थानीय पत्रिकालाई दिएको जानकारीमा नयाँ कानूनले मानिसहरुको वाक स्वतन्त्रता हनन नगरेको स्पष्ट पार्दै भने, ‘यसको उद्देश्य समुदायका सदस्यलाई बदनाम हुनबाट जोगाउनु हो ।’

‘हामी अन्य समुदायलाई बिनालोननका बासिन्दा निकै राम्रा छन् भनेर देखाउन चाहन्छौं, यो बस्नका लागि राम्रो र सुरक्षित छ भनेर पुष्टि गर्न चाहन्छौं,’ रामन गुइकोले भने ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

  1. May 22, 2019, 4:38 p.m. Apex_Ajax
    Yesto Niyam Nepal ma lagu gari halnu parcha...
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.