शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा जाइरोकोप्टर विमान दुर्घटना

मङ्गलबार, २४ वैशाख २०७६, १६ : ०४
मङ्गलबार, २४ वैशाख २०७६

पोखरा–पोखरा विमानस्थलमा मंगलबार दिउँसो जाइरोकोप्टर विमान दुर्घटना भएको छ । पर्यटक बोकेर पोखरा नगरीको दृश्यावलोकन गरेर अवतरण गर्ने क्रममा दुर्घटना भएको हाे । सो जाइरोकोप्टर विमानमा चालक फ्रेञ्च नागरिक क्याप्टन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए ।  

दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । ‘यात्रुको हातमा सामान्य चोट लागेको छ । चालकलाई केही पनि भएको छैन,’ उनले भने, ‘तत्काल उद्दार भएकाले मानवीय क्षति हुन पाएन ।’ 

 पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

*यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

श्याम राना मगर
श्याम राना मगर

राना गण्डकी प्रदेशका विशेष प्रतिनिधि हुन् । 

लेखकबाट थप