बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतमा क्वाँ–क्वाँ रोए बलात्कारका आरोपी अभिनेता

मङ्गलबार, २४ वैशाख २०७६, १२ : २९
मङ्गलबार, २४ वैशाख २०७६

‘जस्सी जेसी कोही नहीँ, सारा, दिशाएं’ जस्ता टेलीश्रृङ्खलाबाट चर्चित भएका अभिनेता करण ओबरोयलाई मुम्बई पुलिसले बलात्कारको आरोपमा पक्राउ गरेको छ । करणमाथि एक फेसन डिजाइनरले बलात्कार गरेको आरोप लगाएकी छिन् । ओशिवारा पुलिसले करणविरुद्ध बलात्कार र जबर्जस्ती पैसा असुलीको मुद्दा दर्ता गरेको छ ।

पुलिसका अनुसार करणमाथि बलात्कारको आरोपबाहेक बलात्कारको भिडियो बनाएर त्यसमार्फत् पैसासमेत लिने गरेको आरोप छ । पीडितका अनुसार करणले आफ्नो माग सम्बोधन नभए भिडियो भाइरल गरिदिने धम्की दिने गर्दथे । अदालतले करणलाई ९ मेसम्म पुलिस हिरासतमा पठाएको छ । करणविरुद्ध यो मुद्दा सन् २०१८ मा दर्ता गरिएको थियो । सोमबार अँधेरी अदालतमा चलिरहेको सुनुवाईको क्रममा करण ओबरोय क्वाँ–क्वाँ रोएका थिए ।

पीडितले बताएकी थिइन् आफ्नो कहानीः

बम्बे टाइम्स पत्रिकासँग पीडितले सन् २०१८ अक्टोबरमा आफ्नो कहानी बताएकी थिइन् । उनले पत्रिकासँगको कुराकानीमा यस्तो भनेकी थिइन्ः

मेरो करणसँग एक डेटिङ एपमा भेट भयो । सुरुमा उनले मसँग केही सामान्य तस्बिर मागे त्यसपछि उनले मलाई नग्न फोटो माग्न थाले । अक्टोबर सन् २०१६ मा हाम्रो भेट भयो र पहिलो भेटमै हामी निकै नजिक भयौं । त्यसपछि हामी भेटिरह्यौं र मैले करणमाथि खर्च गर्न थालेँ । सन् २०१७ मा करणले उनको घर धितो राखेको बताए । मैले उनलाई मद्दत गर्न लाखौं रकम दिएँ । मैले उनको घरका लागि थुप्रै सामान किनिदिएँ । त्यसपछि करणका एक नजिकका व्यक्तिले मलाई करणले प्रयोगमात्र गरिरहेको बताए । मैले त्यसपछि करणसँग पैसा फिर्ता मागेँ तर उनले दिन्नँ भने । मलाई थाहा छैन करणले मेरा तस्बिर वा भिडियो डिलिज गरे वा गरेनन् ।’

करणले पनि राखेका थिए आफ्नो पक्षः

करणले पनि आफ्नो पक्ष राख्दै भनेका थिएः

सुरुमा मैले उनीसँग फ्लर्ट गरेको थिएँ तर म त्यतिबेला सिंगल थिएँ । ती महिलाले आफूलाई पिताले कुटपिट गर्ने गरेको मलाई बताइन् त्यसकारण मलाई उनीप्रति सहानुभूति थियो । हामीबीच कुनै सम्बन्ध थिएन न नै हामीबीच यौनसम्बन्ध भयो । मैले उनलाई प्रत्येकमा ब्लक गरेको छु । उनले मेरो घर सम्हाल्न चाहेको बताएकी थिइन् र यही नै मेरो सबैभन्दा ठूलो गल्ती हो । मुम्बईमा मेरा दुईवटा घर छन् र तीमध्ये कुनै पनि धितोमा राखेको छैन । मैले आफ्नो घरको सामान खरिद गर्न उनलाई पैसा पनि दिएको थिएँ । उधारो दिएको उनको दाबी गलत हो । पछि मैले गार्डलाई भनेर उनलाई मेरो घर वरिपरि पनि आउन दिइनँ । त्यसपछि उनले आफ्नो नाडी काटेर मलाई धम्की दिइन् । मैले कहिले पनि कुनै महिलाको अपमान गरेको छैन । तर यो सामान्य होइन, यहाँ त म नै पीडित छु । म यी महिलासँग कुनै पनि सम्बन्धमा छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप