शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शल्यक्रियापछि यस्तो देखिइन् श्वेता खड्काः भनिन्, ‘अझै केही हप्तासम्म काम गर्दिनँ’

मङ्गलबार, २४ वैशाख २०७६, ११ : ११
मङ्गलबार, २४ वैशाख २०७६

नायिका श्वेता खड्काले आफू अझै केही हप्तासम्म काम नगर्ने बताएकी छिन् ।

उनको गर्धनमा देखिएको ट्युमर अचानक शल्यक्रिया गर्नुपरेको थियो । पूर्ण स्वास्थ्य लाभको प्रतिक्षामा रहेकी उनले आफू निको हुनेबित्तिकै काममा फर्कने जानकारी दिएकी छिन् ।

मंगलबार बिहान उनले इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै यसबारे जानकारी दिएकी हुन् । उनले लेखेकी छिन्, ‘मेरो स्वास्थ्य अवस्था नाजुक भएकाले अझै केही हप्ता काम गर्न असमर्थ छु । निको हुनेबित्तिकै काममा फर्किहाल्ने प्रतिबद्धता गर्दछु ।’

नायिका श्वेता खड्काले भनिन्, ‘जीवनले मसँग दोस्रो पटक खेल खेल्यो’

उनले आफ्ना शुभचिन्तक, साथीभाइ र आफन्तलाई सहयोगका लागि धन्यवाद पनि दिएकी छिन् । यसबारे उनले लेखेकी छिन्, ‘म मेरा सबै शुभचिन्तकलाई जवाफ दिन सक्दिनँ तर उहाँहरुको प्रार्थनाका लागि मनैदेखि धन्यवाद ।’

यसका साथै उनले मेडक्यूबलाई पनि शल्यक्रियाको यो यात्रामा सहयोगका लागि धन्यवाद दिएकी छिन् । मेडब्यूबले सही अस्पताल, सही डाक्टर र सही उपचार छनोट गर्नमा सहयोग गरेकोमा उनले धन्यवाद दिएकी छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप