बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भरतपुरको ताजा अपडेटः रेणु दाहाल ९९ मतले अगाडि

शनिबार, २१ साउन २०७४, १८ : ००
शनिबार, २१ साउन २०७४

चितवन– भरतपुर महानगरपालिकामा झिनो मतले अग्रता लिएकी माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले मत अग्रता बढाउँदै लगेकी छन् । 

वडा नम्बर २० को मात्र ९ सय मत गणना गर्न बाँकी छँदा रेणुले ९९ मतले एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीलाई लिड गरेकी छन् । 

२० नम्बर वडाको ३ हजार मत मध्ये २ हजार ४ सय १ मत गणना गर्दा ४१ मत बदर भएको छ । 

पछिल्लो गणनाअनुसार रेणुको ४२ हजार ७ सय ४४ मत प्राप्त भएको छ भने देवीको ४२ हजार ६ सय ४५ मत प्राप्त भएको निर्वाचन समितिले जानकारी दिएको छ । मेयरमा अहिलेसम्म तेस्रो स्थानमा राप्रपा देखिएको छ । राप्रपाले ६ हजार ७ सय ८९ मत प्राप्त गरेको छ । 

उपप्रमुखमा पनि कांग्रेस माओवादी गठबन्धनकै अग्रता छ । कांग्रेसको ४६ हजार ७ सय ७६ मत हुँदा एमालेका उपमेयर उम्मेदवारले ३९ हजार २ सय ६५ मत प्राप्त गरेका छन् । 

२० नम्बर वडाको वडाध्यक्षमा कांग्रेसले १ हजार ६१ मत प्राप्त गर्दा एमालेले ६ सय ३४ मत पाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप