फिल्म ‘भूइफूल’ निर्माण हुने
काठमाडौं– फिल्म ‘भूइफूल’ निर्माण हुने भएको छ । भुमेथान फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्मको आइतबार एक समारोहको बिच शुभमूर्हूत गरिएको हो ।
चलचित्र क्षेत्रकी सदाबहार अभिनेत्री करिस्मा मान्नधरले एक्सन कट भनेको मुर्हूत कार्यक्रममा नृत्य निर्देशक गोबिन्द राईले क्ल्याप पड्काएका थिए, भने चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले नरिवल फुटाए । कलाकार गोविन्द प्रभात, दिपेन्द्र सिंह दर्नाल, तुलसा थापा लगायतले फिल्म भित्र रहने एक दृश्य सम्वाद सहित प्रस्तुत गर्दै मूर्हूत सट दिएका थिए ।
नेत्र सन्त्यालको लेखन निर्देशन रहने फिल्मा गोविन्द प्रभात, नरेन खड्का, दीपेन्द्र सिंह दर्नाल, तुलसा थापा, चन्दा राई, पुर्णिमा लामा लगायतको मुख्य अभिनय रहनेछ ।
द्धन्द्ध कालमा विस्थापित भएर मधेसमा बसोबास गर्न आइपुगेका बिभिन्न समुदाय मध्य दलित समुदायमा हुने उतारचढाप तथा राज्यले गरेको बिभेदको बिषय फिल्मले कथामा उठाउन खोजेको छ । सरिता राइ प्रस्तुतकर्ता र उर्मिला वान्तवा राई निर्माता रहेको फिल्मको छायाँकन वैशाख २५ बाट छायाँकन सुरु हुनेछ ।
धरान, झापा र काठमाडौमा छायाँकन हुने फिल्ममा रामेश्वर हुमागाइको छायाँकन, गोविन्द प्रभातको नृत्य निर्देशन, रमेश खड्काको संगीत, गणेश सुवेदीका गीत रहने फिल्मका कास्टिङ निर्देशक अमृतमान महर्जन रहेका छन् ।
थुप्रै फिल्ममा सहयोगी निर्देशकको रुपमा काम गरेका नेत्र सन्त्यालले यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् । दर्शक तथा समिक्षकको रुचि ध्यानमा राखेर आफुले फिल्म बनाउन लागेको निर्देशक सन्त्यालले बताए ।
कार्यक्रममा अभिनेत्री करिस्मा मान्धरले फिल्मले उठाउन खोजेको बिषयबस्तु मन परेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा