यूनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं–के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्सले ललितपुरको लेले स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा नर्सरीदेखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीलाई कापी, कलम, स्कूल ब्याग लगायतको शैक्षिक सामाग्रीहरु वितरण गरेको छ ।
बालबालिकाले व्यवस्थित रुपमा शिक्षा प्राप्त गरुन् भन्ने उद्देश्यले समेन्ट्सले सो सहयोग प्रदान गरेको हो ।
सो अवसरमा गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन, वडा नं. ५ का अध्यक्ष मिलन सिलवाल, महानगरिय प्रहरी प्रभाग चापागाउँका प्रमुख राजकुमार खिउजु, यूनाइटेड सिमेन्ट्सका प्रमुख कार्यकारी अधिकृत माधव राज तिमिल्सिना, प्रबन्धक हरी कुमार उप्रेती तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुस्कल महत लगायतको सहभागिता रहेको थियो ।
यूनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको विद्यालय प्रशासनले जनाएको छ । सिमेन्ट्सले विगतमा पनि यस्ता सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि अझ भव्यताका साथ आयोजना गर्ने उद्योगका खानी प्रबन्धक हरी कुमार उप्रेतीले बताए ।
अघिल्लो महिनामा मात्रै सिमेन्ट्सले धुनिवेशी नगरपालिकामा निःशुल्क स्वास्थ शिविर आयोजना गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’हेरेपछि चलचित्रकर्मीले गरे निर्देशक कृषाको तारिफ
-
मिथिलामा बटुवालाई सातु र सर्वतले स्वागत
-
प्रमुख तीन पार्टीमै संस्थापनविरुद्ध इतर पक्षको जितको सन्देश के ?
-
लुलाङ–गुर्जा सडकः भालुखोरिया खण्डमा ट्रयाक खुल्यो
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
ज्येष्ठ नागरिकलाई निःशुल्क तीर्थयात्रा