डीएभी स्कूलले ल्यायो शतप्रतिशत नतिजा, गौरव अग्रवाल बने प्रथम
ललितपुर–ललितपुरस्थित डीएभी शुशील केडिया विश्व भारती विद्यालयले शैक्षिक शत्र २०१८–१९ को सेन्ट्रल बोर्ड अफ सेकेन्डरी एजुकेशन (सी.बी.एस.ई बोर्ड) को नतिजामा उत्कृष्ट स्थान प्राप्त गरेको छ ।
विद्यालयको रिजल्ट नेपालमा सञ्चालनमा रहेका सी.बी.एस.ई प्लस २ मध्यको उत्कृष्ट रहेको विद्यालयकी प्राचार्य भुवनेश्वरी रावले बताइन् ।
सि.वि.एस.ई बोर्डको वेवसाइटमा प्रकाशित नतिजा अनुसार डीएभी विद्यालयका गौरब अग्रवालले कर्मश संंकायबाट ९७.२०% प्राप्त गरी प्रथम स्थान हासिल गरेका छन् ।
त्यसैगरी कर्मश संकायबाटै शिवम वरमेचाले ९६.२० % सहित दोस्रो स्थान प्राप्त गरेका छन् ।
त्यसैगरी कर्मश शकायबाटै आयुशा हरलालका र मल्लिका शारदा तथा विज्ञान संंकायका काशी शर्माले ९६ % प्राप्त गरी तेस्रो स्थान हासिल गरेको विद्यालयले जनाएको छ ।
विज्ञान र व्यवस्थापन दुबै शंकाय गरी डीएभीका सबै विद्यार्थी उत्तीर्ण भएका छन् ।
तीध्ये २६ जना विद्यार्थीहरुले ९०% प्रतिशत भन्दा माथिको नतिजा ल्याउन सफल भएका छन् । गतवर्षहरुमा जस्तै यस वर्ष पनि डीएभी विद्यालयले शत प्रतिशत नतिजा प्राप्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वायुको गुणस्तर खस्किँदो, मास्क अनिवार्य लगाउन चिकित्सकको सुझाव
-
हेटौँडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु
-
हाकिम र ब्रिजेशले ल्याए र्याप गीत ‘चिसो चिसो हावाले’
-
राष्ट्रिय पुरस्कारको किन हुन सकेन चर्चा ?
-
आफ्नो गाउँ ठाउँलाई उपेक्षा गरिएको कास्कीकोटवासीको गुनासो
-
सरल सहयात्रीले सार्वजनिक गरे दुई वर्षमा बागमती प्रदेश सभामा भएका प्रगति विवरण