शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गुलशन कुमारको हत्यापछि अबू सेलमले यस्तो भनेका थिए

आइतबार, २२ वैशाख २०७६, १२ : ०८
आइतबार, २२ वैशाख २०७६

गुलशन कुमारको हत्याले बलिउडमा तहल्का मच्चाएको थियो । उनको हत्यापछि नै अन्डरवर्ल्ड र फिल्मी उद्योगको सम्बन्धबारे पहिलो पटक उजागर भएको थियो । यो हत्याको आरोप अन्डरवर्ल्ड डन अबू सेलममाथि लागेको थियो ।

टी सिरिज कम्पनीका संस्थापक गुलशन कुमारको आज ६३ औं पुण्यतीथि हो । गुलशन कुमारको पूरा नाम गुलशन कुमार दुआ हो । उनले आफ्नो करियरको सुरुवाती दिनमा जूसको पसल खोलेका थिए । पछि उनी मुम्बई आएका थिए ।

गुलशन कुमारलाई बच्चैदेखि संगीतमा निकै रुची थियो त्यसकारण उनी उनले गीतलाई अन्य गायकको आवाजमा रेकर्ड गरेर बेच्न थाले । त्यसकारण उनी चाँडै नै क्यासेट किंग बनेर चर्चित भए ।

१२ अगस्ट सन् १९९७ मा मुम्बईको साउथ अँधेरी इलाकामा रहेको जीतेश्वर महादेव मन्दिरबाहिर १७ वटा गोली हानेर गुलशनको हत्या गरियो ।

गुलशन कुमारको हत्याको आरोप अन्डरवर्ल्ड डन अबू सलेममाथि लागेको थियो । एस हुसैन जैदीले आफ्नो किताब डोंगरी टु दुबईमा अबु सलेमले गुलशन कुमारसँग १० करोड भारु मागेको बताएका छन् । गुलशन कुमारले यत्तिका  पैसा उनलाई दिनुको साटो वैष्णो देवीमा दान दिने बताएका थिए ।

स्रोतका अनुसार गुलशन कुमारको यो कुराले रिसाएका सलेमले सुटर राजामार्फत् दिन दहाडै हत्या गराएका थिए । गुलशन कुमारलाई यसअघि पनि धम्कीपूर्ण फोन आइरहेको थियो । स्रोतका अनुसार गुलशन कुमारलाई गोली हानेपछि सुटर दाउद अब्दुल मर्चेन्टले आफ्नो फोन १० देखि १५ मिनेटसम्म अन गरेका थिए ता कि गुलशन कुमार चिच्याएको आवाज अबु सलेमले सुन्न सकून् ।

एस. हुसैन जैदीले आफ्नो किताबमा गुलशन कुमारको हत्यापछि अबू सेलममाथि उनको मृत्युबारे प्रश्न सोधिएको बताएका छन् । किताबमा लेखिए अनुसार यसको जवाफमा अबूले उक्त हत्या लालकृष्ण आडवाणीले गराएकाले उसैलाई सोध्न  सुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप