शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महाकालीमा डुबेर सहायक लेखापाल बेपत्ता

शनिबार, २१ वैशाख २०७६, २२ : ४६
शनिबार, २१ वैशाख २०७६

    डडेल्धुरा–डडेल्धुरा भागेश्वर गाउँपालिकाका सहायक लेखापाल डम्बर पाल  महाकाली नदीमा नुहाउने क्रममा डुबेर आज बेपत्ता भएका छन् । 

    गाउँपालिका जनप्रतिनिधि र कर्मचारी भागेश्वर गाउँपालिका–१ रुपालस्थित महाकाली नदी किनारमा वनभोज खान गएका समयमा महाकाली नदीमा नुहाउने क्रममा सहायक लेखापाल पाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बर केसीले बताए । 
  
    बेपत्ता भएका लेखापालको खोजी भइरहेको प्रहरीले बताएको छ । गाउँपालिका जनप्रतिनिधिसहितका कर्मचारी वनभोज खान महाकाली नदी किनारमा गएका थिए । आज दिउँसो कीरब ३ बजेतिर सहायक लेखापाल पाल बेपत्ता भएका वनभोज खान महाकाली पुगेका कर्मचारीको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप