शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनको तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन अष्ट्रेलियामा हुँदै

शनिबार, २१ वैशाख २०७६, १६ : ५७
शनिबार, २१ वैशाख २०७६

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएन) को तेस्रो ओसेनिया क्षेत्रीय सम्मेलन वैशाख २८ र २९ गते ( मे ११ र १२) अष्ट्रेलियाको सिड्नीमा हुने भएको छ ।

सम्मेलनको एनआरएनका नेताहरु सिड्नी जाने क्रम सुरु भएको छ । यही क्रममा शनिबार एनआरएन उपाध्यक्ष कुमार पन्त जर्मनीबाट सिड्नी प्रस्थान गरेका छन् । 

सम्मेलनमा पन्तले चैत दोस्रो साता लगानी सम्मेलनमा नेपाल सरकारसँग हस्ताक्षरित सम्झौता अनुसार कार्यपत्र प्रस्तुत गर्नेछन् । 

कार्यपत्रमा १० अर्ब लगानीको आधार, यसको मेकानिजम, प्रतिफलको ग्यारेण्टीलगायतका विषय समेटिने उपाध्यक्ष पन्तले जानकारी दिए । लगानी सम्मेलनका क्रममा एनआरएनले सरकारसँग नेपालमा १० अर्ब लगानी गर्नेसम्बन्धी समझदारी गरेको थियो । 

सम्मेलनमा एनआरएन केन्द्रीय अध्यक्ष भवन भट्ट महासचिव लगायतले पनि कार्यपत्र प्रस्तुत गर्नेछन् । 

ओसिनिया क्षेत्रीय सम्मेलनको मुख्य उद्देश्य नेपाललाई समृद्ध बनाउन कसरी एनआरएनएले बढीभन्दा बढी लगानी, आविष्कार र पर्यटक भित्र्याउन सक्छ भनेर छलफल गर्नु रहेको एनआरएनले जनाएको छ । 
यस्तै  विदेशिएका नेपालीहरूले विदेशमा सिकेको ज्ञान, सिप, क्षमता, अनुभव, शिक्षा र कमाईलाई भित्र्याउनेबारे पनि बहस र विमर्श सम्मेलनमा हुनेछ । 

यस्तै नेपालको पर्यटन प्रवद्र्धन गर्नेबारे पनि सम्मेलनमा विशेष छलफल हुनेछ ।  जसले नेपाल सरकारको उद्देश्य अनुसारको ‘भिजिट नेपाल–२०२०’ सघाउ पुग्ने एनआरएनको अपेक्षा छ । 

एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को ओसेनिया संयोजक धर्मराज अधिकारी रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप