मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रवासी नेपाली एकता समाज युएईको अध्यक्षमा सिलवाल

शनिबार, २१ वैशाख २०७६, १५ : ३६
शनिबार, २१ वैशाख २०७६

युएई-राष्ट्रिय प्रजातन्त्र पार्टी निकट प्रवासी नेपाली एकता समाज युएईको प्रथम अधिवेशन दुबईमा सम्पन्न भएको छ। 

अधिवेशनको उद्घाटन गर्दै राप्रपाका महामन्त्री तथा सांसद राजेन्द्र लिङ्देनले मुलुकको स्थिरता र राष्ट्रिय स्वाधीनताको निमित्त राजसंस्था र सनातन हिन्दुराष्ट्र आबश्यक भएको जिकिर गरे ।

 लिङ्देनले राप्रपाको बिषयमा रहेका भ्रमलाई चिर्दै अगाडि बढ्ने बिचार व्यक्त गरे । 

यसैगरी राप्रपा प्रदेश नम्बर ५ का अध्यक्ष प्रदीप कुमार उदयले मुलुकमा भ्रस्टाचार र बेतिथी बढेको भन्दै राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नु पर्ने विचार ब्यक्त गरे । 

यसैगरी राप्रपाका सहायक महामन्त्री राजाराम बर्तौलाले प्रवासमा बस्ने नेपालीहरुको रेमिटेन्सबाट चलेको मुलुकमा भ्रष्टाचार र ब्रम्हलुट हुनु दुर्भाग्यपूर्ण भएको बताए । 

यसैगरी प्रवास विभाग प्रमुख विजय खड्काले प्रवासी नेपालीको मताधिकारको रक्षाको निमित्त राप्रपाले बुलन्द आबाज उठाएको बताए । 

अधिवेशनले प्रवासी एकता समाज युएईको अध्यक्षमा शशी सिलवाललाई चयन गरेकाे छ । 

 जसकाे सल्लाहकारमा विश्व देव शाह, ब्रिजेश त्रिपाठी र गोविन्द प्याकुरेल रहेका छन् ।

वरिष्ठ उपाध्यक्षमा मनोज जयसवाल , उपाध्यक्षमा किशोर केसी चयन हुँदा सचिवमा देवराज पौडेल र  कोषाध्यक्षमा नारायण पोख्रेल तथा सहकोशाध्यक्षमा कमल बस्याल चयन भएका छन् ।

यसैगरी प्रवक्ता लक्ष्मण श्रेष्ठ चयन भएका छन् भने सदस्यहरुमा भिम मल्ल ठकुरी, महेन्द्र खत्री , त्रिलोचन बराल , रोशन संग्रौला, राम खड्का , जिबन सिंह ठकुरी , जगदिश पाठक, दिपक पौडेल, गंगा लिम्बु , मधुकर थापा,  विजय तिवारी, हर्क बहादुर राणा,राजु श्रेष्ठ , टेकराज भट्टराई , मनोज घिमिरे , विश्व मल्ल , शर्मिला थपलिया , कमला लामा / सम्झना राडेल चयन भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप