सञ्चारमाध्यामहरुले बाटो बिराए : मन्त्री बास्कोटा
काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सञ्चार माध्यामहरुले बाटो बिराएको टिप्पणी गरेका छन् । मन्त्री बास्कोटाले लोकतान्त्रिक मूल्य र मान्यता स्थापित गराउने आन्दोलनको अगुवाई गरेको कम्युनिष्ट पार्टी नेतृत्वको सरकारलाई समेत लोकतन्त्रविरोधी देखाउने प्रयास गरिएको भन्दै सञ्चार माध्यामहरुप्रति गुनासो पनि गरे ।
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानले पूर्ण प्रेस स्वतन्ताको प्रत्याभूति गरेको उल्लेख गर्दै त्यसको प्रयोगमा संकुचन वा कमजोर बनाउने काम हुनै नसक्ने पनि दोहोर्याए । नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रता नेपालको इतिहास, भूगोल, खुलापनका कारण पनि संकुचन हुनै नसक्ने मन्त्री बास्कोटाको तर्क छ ।
मन्त्री बास्कोटाले संविधानको मूलभूत मान्यताभन्दा बाहिर गएर कानुन बनाउने आशंका नगर्न पनि सबैलाई आग्रह गरे । सरकार लोकतन्त्रको विश्वव्यापी मान्यतामा एकाकार र सहमत भएर अघि बढन प्रतिवद्ध रहेको पनि मन्त्री बास्कोटाले बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेसमैत्री कानुन निर्माण गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले प्र्रेस स्वतन्त्रता सुनिश्चित गर्नु आज पनि चुनौतिको रुपमा रहेको पनि दोहोर्याए । अध्यक्ष आचार्यले प्रेस स्वतन्त्रको रक्षाका लागि जवाफदेही भएर पत्रकारिता गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
कार्यक्रममा मन्त्री बास्कोटाले दक्षिण एसियाली प्रेस स्वतन्त्रतासम्बन्धि प्रतिवेदन पनि सार्वजनिक गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
-
चरा संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा जोड
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एआई एक्स-रे’बाट क्षयरोग सङ्क्रमित खोज्दै तुलसीपुर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण