शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एड्सको अन्त्य ? : औषधी लिइरहेका एचआईभी संक्रमितसँग असुरक्षित यौनसम्पर्क गर्दा पनि भाइरस सरेन !

शुक्रबार, २० वैशाख २०७६, ०९ : ४५
शुक्रबार, २० वैशाख २०७६

एजेन्सी । एचआईभी संक्रमितमाझ गरिएको एक अध्ययनको निष्कर्षले एड्स रोग नियन्त्रणको आशा बढाएको छ ।

एन्टीरेट्रोभाइरल औषधी लिइरहेका संक्रमित समलिङ्गी पुरुषमा गरिएको बृहद अध्ययनमा औषधीले तिनको शरीरमा रहेको भाइरसलाई पूर्णरुपमा दबाएको देखिएको छ । धेरैमा रगत परिक्षणका क्रममा भाइरस भेटिएन ।

अध्ययनका क्रममा यस्ता उपचारमा रहेका एचआईभी संक्रमितबाट तिनका सेक्स पार्टनरमा भाइरस सर्ने सम्भावना शुन्य देखियो । यस परिणामले चिकित्सक तथा एड्स नियन्त्रण अभियानमा संलग्नहरु निक्कै आशावादी देखिएका छन् ।

उनीहरुका अनुसार भावी दिन सम्पूर्ण एचआईभी संक्रमितहरुलाई एन्टीरेट्रो भाइरल उपचार कोर्षमा राख्न सके एचआईभीको कुनै पनि विरामी नदेखिने बताए ।

अध्ययनमा १००० एचआईभी संक्रमित समलिंगी पुरुष जोडिमा अध्ययन गरिएको थियो । आठ वर्षसम्म गरिएको अध्ययनमा औषधी खाइरहेका संक्रमित र तिनका स्वस्थ पार्टनरबीच कण्डम नलगाइकन यौन सम्पर्क पनि भएको थियो । तर असुरक्षित यौन क्रियाकलापबाट पनि संक्रमण सरेन ।

अध्ययनको क्रममा १५ स्वस्थ पुरुष एचआईभीबाट संक्रमित भएका थिए । तर डीएनए परिक्षणका क्रममा ती नयाँ संक्रमितहरुले उपचार लिइरहेका पार्टनरसँग नभएर औषधी नलिइरहेकासँग यौनसम्पर्क गर्दा रोग सरेको पाइएको थियो ।

“यो एकदमै राम्रो खबर हो । यसले हामी एड्सको समाधानको बाटोतर्फ छौ भन्ने देखाएको छ,” युनिभर्सिटी कलेज लण्डनका प्रद्यापक एलिसन रोड्गर्सले भनिन् । अध्ययनको निष्कर्ष पेपर ‘ल्यान्सेन्ट’ चिकित्सकीय जर्नलमा प्रकासित छ । एलिसन उक्त पेपरकी सह–लेखिक हुन् ।

यसअघि विपरित लिंगी जोडिएमा गरिएको केही अध्ययनले यस्तै परिणाम देखाएको थियो । एक पार्टनर एन्टीरेट्रोभाइरल औषधी लिइरहेको र अर्को स्वस्थ भएको अवस्थामा ती बीच कण्डमबीना यौन सम्पर्क हुदाँ संक्रम सरेको थिएन । 

“सुरुका चरण कुनै लक्षण नदेखिने हुँदा एचआईभी संक्रमणको पहिचान गर्न कठिन छ । त्यो समयमा संक्रमितले भाइरस सार्ने सम्भावना सबैभन्दा उच्च हुन्छ । यस कठिनाइले रोकथाम रणनीतिमा चुनौती निम्ताइरहेको छ,” ल्यान्सेन्टमा छापिएको खोजको परिचय खण्डमा मिरोन एस. कोहनले लेखेका छन् ।

उनले थपिन्, “हाम्रो अध्ययनले एन्टीरेट्रोभाइरल थेरापी लिइरहेका समलिंगी पुरुषमा एचआईभी सर्ने दर शुन्य भएको देखाएको छ । यसले एड्समुक्त संसारको आशा जगाएको छ । त्यो लक्षको शीघ्र प्राप्त गर्न हामीले सम्पूर्ण एचआईभी संक्रमित मानिसको रोग परिक्षण, प्रभावकरी उपचार, साथ–सहयोगको व्यवस्था गराउनुपर्छ ।”

सन् २०१७ मा विश्वभरी ४ करोड मानिस एचआईभी संक्रमित थिए । ती मध्य २ करोड १७ लाख एन्टी रेट्रोभाइरल उपचार लिइरहेका छन् । एचआईभी संक्रमण सम्बन्धमा त्यस्ता समूहलाई खतरा मानिन्छ, जो संक्रमित भएर पनि आफू संक्रमित भएको जानकार हुदैनन् । तिनले थाहै नपाई अरुमा रोग सारिरहेका हुन्छन् ।

“सुरुका चरण कुनै लक्षण नदेखिने हुँदा एचआईभी संक्रमणको पहिचान गर्न कठिन छ । त्यो समयमा संक्रमितले भाइरस सार्ने सम्भावना सबैभन्दा उच्च हुन्छ । यस कठिनाइले रोकथाम रणनीतिमा चुनौती निम्ताइरहेको छ,” ल्यान्सेन्टमा छापिएको खोजको परिचय खण्डमा मिरोन एस. कोहनले लेखेका छन् ।

नर्थ क्यारोलिनाको ‘ग्लोबल हेल्थ एण्ड इन्फेक्टिअस डिजिज’मा कार्यरत कोहनले समलिंगी सम्बन्धलाई समाजले राम्रो नमान्ने भएकाले ती रोगको आशंका हुँदा पनि व्यक्ति रोग परिक्षण गर्न हच्किने र यसले पनि रोकथाममा कठिनाई पुग्ने बताए ।

पछिल्लो अध्ययनले मानिसले समय–समयमा एचआईभी परिक्षण गर्नुको महत्त्वलाई दर्साएको छ । यसले भाइरसको संक्रमणको अवस्था सुरुमै पहिचान गर्न सहयोग गर्छ । त्यसपछि उपचार सुरु गरेर भाइरसको संक्रमण रोक्न सम्भव हुन्छ । 

पछिल्ला केही वर्ष नयाँ एचआईभी संक्रमितको संख्यामा उल्लेख्य कमी आइसकेको छ । सन् २०१६ को तुलनामा सन् २०१७ मा १७ प्रतिशतले नयाँ रोगी देखिए । दुई वर्षअघिको तुलनामा सन् २०१७ का नयाँ संक्रमित संख्या २८ प्रतिशतले कम हो । 

युनिभर्सिटी अफ कोपनहेगनकी प्राध्यापक जेन्स लुण्डग्रेनले उत्साहित हुँदै भनिन्, “यस अध्ययनमार्फत् औषधी खाइरहेका कण्डम बिना यौनसम्पर्क गर्दा पनि एचआईभी नसरेको ठोस वैज्ञानिक प्रमाण भेटिएको छ ।”

“यी खोजको महत्त्व जति बढाइचढाई गरे पनि कमै हुन्छ,” टेरेन्च हिगिन्स ट्रस्टका चिकित्सक निर्देशक माइकल ब्राण्डीले अध्ययनको निष्कर्षबारे भने ।

“यस अध्ययनको निष्कर्षसँगै हामी पूर्ण आत्मविश्वासका साथ भन्न सक्छौँ कि प्रभावकारी रुपमा औषधोपचार गराइरहेका एचआईभी संक्रमितले तिनका यौन–साथीलाई भाइरस सार्दैनन्,” टेरेन्चले भने ।

जर्नलमा टिप्पणी गर्ने क्रममा कोहेनले भविष्यमा एड्सको उपचारप्रति आशा व्यक्त गरे ।

“यी लामो अध्ययनको अवधिमा एन्टी–भाइरल औषधीमै पनि धेरै परिवर्तन देखिएको छ । औषधी पहिलेभन्दा बढी प्रभावशाली, विश्वसनीय, टिकाउ, कम साइड इफेक्टयुक्त र सस्तो भएको छ,” कोहेनले भने, “यो परिणामले हामी एड्सको अन्त्यको दिशामा रहेको देखाएको छ ।”

परिक्षणमा सहभागीको अनुभव

३४ वर्षे एलेक्स स्प्यारोहक विगत १० वर्षदेखि एचआईभीसहित बाँचिरहेका छन् । संक्रमण भएको थाहा लाग्नासाथ उनको मनमा दुई चिन्ता उब्जिएको थियो । पहिलो उनको संक्रमणले उनको कामलाई कसरी असर गर्ला भन्ने थियो । अर्को यसले भावी सम्बन्धलाई अब असर गर्छ भन्ने थियो ।

“त्यो समय म सिंगल थिए,” एलेक्स बताए, “यसले भावि सम्बन्ध बनाउने नबनाउने, बनाए कसरी भन्ने समस्या निम्त्यायो ।

संक्रमण पहिचान भए लगतै एलेक्सले एन्टीरेट्रोभाइरल उपचार सुरु गरे । सुरुमा उनले दैनिक चार ट्याब्लेट लिन्थे । पछि रगतमा भाइरस नदेखिने अवस्था भएपछि उनले दैनिक एक ट्यावलेट खान थाले । पछिल्लो परिणामले उनले विगत ९ वर्षमा कसैलाई पनि भाइरस सारेनन् भन्ने देखाउँछ ।

रोग पहिचान भएदेखि हालसम्म एलेक्स साढे ६ वर्ष प्रेम सम्बन्धमा रहे । विगतमा रगतमा भाइरस नदेखएको भए पनि आफ्नो पार्टनरलाई रोग सर्छ छ कि भन्ने कुरामा सधैं डर रहने गरेको एलेक्सले बताए ।

“अब अहिले आएर जोखिम शुन्य भनेपछि ठूलो बोझ हटेजस्तो भएको छ,” एलेक्सले भने ।

नयाँ निष्कर्षसँगै समाजमा एचआईभीबारे रहेको मानसिकता बदलिनेमा विश्वास गर्छन् एलेक्स ।

“एड्सबारे अधिकांश नकारात्मक सोच, भाइरस सरिहाल्ला भन्ने डरले उत्पन्न गराएको छ,” उनले बताए, “ मानिसहरुमा अझै चुम्बन र सामान्य रुपमा छुँदा पनि रोग सर्छ भन्ने धारणा छ । मानिसले यो अध्ययनबारे थाहा पाए तिनको सोच बदलिनेछ ।”

द गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप