शनिबार, १० कात्तिक २०८१
ताजा लोकप्रिय

विवाह गरेको दुई महिना नबित्दै २१ वर्षीयाको हत्या, श्रीमान् र सासु प्रहरी नियन्त्रणमा

शुक्रबार, २० वैशाख २०७६, ०७ : ०१
शुक्रबार, २० वैशाख २०७६

सिरहा – सिरहा नगरपालिका–१४ खिरौनामा फेरि दाइजोको निहुँमा एक महिलाको हत्या भएको छ । बिहीबार राति लगभग साढे १ बजे श्रीमान रामरेश मण्डलले २१ वर्षीया श्रीमती मनिषा कुमारी मण्डलको घाँटी थिचेर हत्या गरेका हुन् । 

गत फागुन १६ गते गोलबजार नगरपालिका ८ बस्ने  रामरेश मण्डलसँग मनिषाको वैवाहिक सम्बन्ध गाँसिएको थियो । बिहेपछि सासुले थप दाइजो ल्याउँन दबाब दिदैँ आएको मनिषाका बाबु रघुनथ मण्डलले बताएका छन् । सासुले थप दाइजो नल्याए बुहारीलाई छोड्न छोरा रामरेशलाई दबाब दिदैँ आएकी थिइन् । 

केटा पक्षबाट विभिन्न समयमा थप दाइजो माग गर्दै चरम यातना दिने गरेको   मनिषाको बाबु रघुनाथ मण्डलले आरोप लगाए । 

सासु तारादेवी मण्डल एवं श्रीमान् रामरेश मण्डललाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरी अनुसन्धानको लागि लगिएको छ ।

शव पोष्टमार्टको लागि जिल्ला अस्पताल सिरहा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको पुलिस प्रशासनले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस् 

जलिरहेको अवस्थामा भेटिएकी २० वर्षीया कञ्चनको उपचारका क्रममा  मृत्यु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप