शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रे जिल्लालाई प्राङ्गारिक बनाउन स्थानीय पालिकाहरुको ऐक्यवद्धता

बिहीबार, १९ वैशाख २०७६, २१ : ४५
बिहीबार, १९ वैशाख २०७६

काभ्रे । काभ्रे जिल्लालाई प्राङ्गारिक बनाउने विषयमा काभ्रे जिल्लाका सबै पालिकाहरुले ऐक्यवद्धता जनाएका छन् । 

राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्र, सम्वृद्ध काभ्रे कृषि सहकारी संस्था लि.र यूवा कृषि मञ्चले संयुक्त रुपमा धुलिखेलमा आयोजना गरेको कार्यक्रममा काभ्रे जिल्लाका १३ वटै पालिकाका प्रतिनिधिहरुले उक्त धारणा राखेका हुन् । 

कार्यक्रममा संघिय साँसद गंगा बहादुर दोङ ‘बमध्वज’ ले कृषि सडक, कृषि उपजको सहजीकरणमा सरकारले आफ्नो भूमिका प्रभावकारी बनाउने बताए । प्रदेश साँसद बसुन्धरा हुमागाईंले स्थानीय उपजको सुरक्षा, प्रविधि तथा शीत भण्डार निर्माण गरि सहकार्य गर्न सबै पालिकाहरुलाई आग्रह गरे ।

 राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका प्रमुख हरि बहादुर केसीले स्थानीय पालिकाहरु नै नीति कार्यान्वयनको चरणमा रहने हुँदा सरकारले १० वर्षभित्र देशलाई अर्गानिक बनाउने योजना अघि सारेकोमा त्यसको सहि र सफल कार्यान्वयनमा स्थानीय पालिकाहरु नै प्रभावकारी हुने बताए । कृषि विभागका उप महानिर्देशक तारा प्रसाद श्रेष्ठले स्थानीय, प्रदेश र संघबीच समन्वय नहुँदा कृषि क्षेत्रको प्राविधिक पक्ष कमजोर भएको बताए । 

कार्यक्रमा बेथानचोक गाउँपालिकाका प्रमुख प्रेम बहादुर तिमल्सिना, तेमाल गाउँपालिकाका प्रमुख सलाम सिं लामाले अर्गानिक उत्पादनमा जानका लागि आफुहरु प्रतिवद्ध रहेको बताए । यूवा कृषि मञ्चका अध्यक्ष जयराम सिग्देलले जिल्लमा उत्पादित कृषि उपजहरुको बजारीकरणका लागि विभिन्न व्यवसायी, बिक्रेता तथा कृषक बजारमार्फत पनि बिक्री गर्न सकिने धारणा राखे । 

कार्यक्रममा कृषि ज्ञान केन्द्र काभ्रे, सिन्धुली, मसलाबाली विकास केन्द्र पाँचखाल, नेपाल पर्माकल्चर समूह, नेपाल कृषि अनुसन्धान परिषद, कृषि विभाग, अर्गानिक उपज बिक्रेता, निर्यातकर्ताहरु लगायतको उपस्थिती रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप