केन्द्रीय संस्करण
सरोकार

यस्ता छन् बर्डफ्लुको बेला कुखुराको मासु खाँदा अपनाउनुपर्ने सावधानी

person explore access_timeबैशाख १९, २०७६ chat_bubble_outline0

इ.सं. १९९७ मा हङ्कङमा फेला परेको बर्डफ्लु इ.स. २०१३ मा सोह्रौँ वर्ष मनाउँदै छ । प्रत्येक वर्ष यसको सङ्क्रमण नियन्त्रण गर्न गाहो हँुदै गइरहेको स्थिति छ । हालसम्म ६० मुलुकमा फैलिएको यस रोगका कारण ३७७ जना मानिसले मृत्युवरण गरेका छन् । कुखुरातर्फ यस अवधिमा ५ देखि १० करोडसम्म यस रोगबाट सङ्क्रमण वा शङ्कास्पद सम्पर्कित कुखुरा नष्ट गरिएको अनुमान छ ।

यो रोगको सङ्क्रमण इन्फलुन्जा भाइरस ए प्रजातिका कारण हुन्छ । जुन प्रायः चरा प्रजातिलाई सङ्क्रमण गराउँछ र द्रूत गतीमा प्रसारण हुन्छ । मानिसमा अति घातक एच५एन१ का सङ्क्रमण हङ्कङमा १९९७ मा अभिलेख गरियो । युरोप, अफ्रिका र उत्तरी अमेरिकामा यो रोग देखिनुभन्दा पहिला इ.स. २००३ मा एसिया क्षेत्रमा कुखुरा व्यवसाय धरायशायी हुने गरी फैलिएकामा जुन अवस्थामा आजसम्म पनि यथावत छ । यस रोगको कारण नराम्रोसँग प्रभावित क्षेत्र भनेको अर्बौंको लगानी रहेको कुखुरा उत्पादन व्यवसाय शृङ्खला रहेको छ । यस रोगका कारण विश्वव्यापी आर्थिक क्षति हालसम्म खर्बौं डलर भएको आर्थिक विज्ञको अनुमान छ । यस रोगका कारण कुखुरा व्यवसाय शृङ्खलाले बेहोर्न परेको चुनौती भनेको उपभोक्तामा कुखुरा जन्य काँचो मासु, फूल तथा तयारी परिकारप्रति उत्पन्न हुने त्रास प्रमुख मानिन्छ ।

इ.स. २००६ मा यो रोग फैलिँदा उपभोक्तामा गरिएका सर्वेक्षण अध्ययनमा करिब ४० प्रतिशतले यस्तो बेला कुखुराको मासु खाइयो भने बर्डफ्लुबाट सङ्क्रमित हुने अभिमत जाहेर गरेको अभिलेख भेटिन्छ । त्यसबेला फ्रन्समा कुखुराजन्य उत्पादनको बिक्रीमा ३० प्रतीशत कमी आएको देखिन्छ । अझ रोमानियामा यस रोगको सङ्क्रमण भेटिँदा २००६ मा कुखुरा जन्य उत्पादनको बिक्री ८० प्रतिशतले घटेको देखिन्छ । भने इटालीमा पानी हाँसमा यो रोग देखिँदा ७० प्रतिशतले घट्न पुगेको अभिलेख भेटिन्छ ।

इ.सं. २००७ को सुरुताका यो रोग देखिँदा इन्डोनेसियामा कुखुरा तथा कुखुराजन्य उत्पादनको मूल्य ५० प्रतिशतले घट्न पुगेको तथ्य भेटिन्छ । त्यसैगरी हाल उपत्यकामा देखापरेको यस रोगका कारण बजारमा कुखुरा तथा कुखुरा जन्य उत्पादनको कारोबार ५–१० प्रतिशत मात्र हुने गरेको छ, भने कुखुराको मात्र मासु तथा फुलको कारोबार गर्ने करिब ६० प्रतिशत व्यवसायी अहिले आफ्नो कारोवार बन्द गर्ने गरी फुर्सदिला भएका छन् । कामदार बेरोजगार, भक्त्तपुर जिल्लाको मात्र सालाखाला कुखुरा व्यवसायको क्षतिको प्रारम्भिक क्षति आँकलन गर्ने हो भने कुखुरा व्यवसायीको करिब ५ अर्ब लगानी डुबेको अवस्था छ भने करिब ५००० ले आफ्नो रोजगारी गुमाउनु पर्ने स्थिति देखिन्छ । यसका साथै काठमाडौं, काभ्रे, ललितपुर, मकवानपुर, नवलपरासी तथा कास्कीतिरको क्षतिको विवरण अझ आँकलन गर्न बाँकी छ ।

राम्रोसित पकाएर कुखुराको फूल खाएर आजसम्म जनसमुदायमा रोग देखा परेको महामारी विज्ञानको अभिलेखमा पाइएको छैन ।

आज आम उपभोक्त्तामा आज एउटा ठूलो सन्त्रास र्सिजना भएको स्थिति छ । के एच५एन१ को सङ्क्रमणले कुखुरामा लाग्ने वर्डफ्लुका कारण खाद्य स्वास्थ्य सुरक्षा जोखिममा पर्न सक्छ । एसिया, युरोप, अफ्रिकामा निरन्तर रुपमा कुखुरामा माहामारी रुपमा आजसम्म देखिरहँदा अनि प्रत्येक पटक रोग देखिँदा सङ्क्रमण हुँदाका फरक स्रोत फेला पर्दा जनसमुदाय जोखिममा पर्ने त्रास बढेर गएको देखिन्छ । आजसम्मको तथ्यहरु विश्लेषण गर्दा आजसम्म जति मानिस यस रोगबाट सङ्क्रमित भए ती कि त सङ्क्रमित कुखुरसँग लसपस भएका बढी देखिन्छन् । यसबाहेक यस प्रजातिको भाइरसबाट प्रदूषित कुखुराजन्य उत्पादनसँगको लसपसले जनसमुदायमा यस रोगको प्रसारण हुने हुँदा जनस्वास्थ्यकर्मीहरुको ठूलो चिन्ता छ ।

विकशित देशहरुमा प्रायजसो मासु पसल वा सुपरमार्केटमा कि त फ्रिजमा सञ्चय गरिएको वा डिप फ्रिजमा अति हिमकृत गरिएको किनेर खाने चलन छ । अर्कोतिर एसियाली मुलुकमा मासु प्रयोजनका लागि पशुपक्षी जिउँदो बजारबाट खरिद गरी आफ्नो घर आँगन बाटो चौबाटो अझ कुखुरा त भान्सामा नै वध गर्ने प्रचलन छ । जसले गर्दा एसियाली जनसमुदाय जनस्वास्थ्यमा गम्भीर असर पार्ने रोग बोकेका पशुपक्षीहरुसँग लसपस हुने जोखिम बढी रहन्छ । अनि अव्यवस्थित सहरीकरणका कारण घना बस्ती बाटो चौबाटोमा रोगका विषाणु जीवाणु सार्दै जान मद्दत पर्याउँछन् पनि ।

यसरी खुला अनि ताजा मासु बजारलाई जनसमुदायमा एच५एन१ सङ्क्रमणको मुख्य स्रोत मानिएको छ । आज उपत्यकामा देखापरेको वर्डफ्लुका कारण उपभोक्तामा यस्तो बेलामा कुखुराको मासु तथा फूल खान हुन्छ वा हुँदैन भन्नेमा दुविधा व्यापक रुपमा पाइन्छ । उपत्यकाका भक्तपुर ललितपुर, काठमाडौँ जिल्लामा फेला परेको बर्डफलु रोगको आवश्यक प्रारम्भिक नियन्त्रण कार्य रहेको स्थिति छ । यस अवधिपछि रोगको निगरानी त ब्यापक रुपमा गरिएको स्थिति छ । एच५एन१ भाइरस तातो वातावरणप्रति बढी संवेदनशील मानिन्छ । त्यसकारण यदि कुखुराको मासुको सबै भाग तथा भित्री भागसम्म ७० डिग्री सेन्टिग्रेड तापक्रम पुग्ने गरी पकाएमा त्यस्तो मासु जनस्वास्थ्यका लागि सुरक्षित मानिन्छ । तर उपभोक्ताले काँचो कुखुराको मासु नपकाईकन खाने गरिने सलाद, हरियो तरकारीसँग लसपस भई प्रदूषित हुनेप्रति सजग हुन जरुरी छ । कुखुराको काँचो वा अति हिमकृत मासु काँटछाँट गर्ने वा पकाउन तयार गर्ने मानिसले भने खाली नाङ्गो हात, खुल्ला नाक, मुख गरी यस्ता मासु चलाउन हुँदैन कम्तीमा पनि हातमा पँजा मुखमा मास्क वा रुमाल तथा एप्रोन लगाएर मात्र मासुको काम गर्दा यस रोगको जोखिम कम हुन्छ । यसबाहेक मासु काँटछाँट गरिसकेपछि हात राम्रोसित साबुन पानीले सफा गर्ने मासु तयार गर्दा प्रयोग गरिएका भाँडाकुँडा, औजार, अचानोलाई राम्रोसित सफा गरी निर्मलीकरण तथा निसङ्क्रमण गर्नु पनि यस रोगको सङ्क्रमणबाट बच्ने उत्तम उपाय पनि हो । सकभर भान्सामा कुखुरा वा अन्य जनावरको मासु काँटछाँट, धोई पखाली गर्ने तथा पकाउने भाँडाकँुडा औजार अचानोहरु अन्य खाले तरकारी जन्य सामाग्री तयार गर्न प्रयोग नगर्नु नै वेश ।

फ्रोजन अर्थात अति हिमकृत गरी सञ्चय गरी राखेको मासुका तन्तुमा थोरै सङ्ख्यामा भए पनि यो भाइरस प्रदूषित भएको अवस्थामा सङ्ख्यामा नै वृद्धि नभए तापनि कृयाशील अवस्था रहन सक्छ । यसको दृष्टान्त इ.स २००४ मा चीन तथा थाइल्यान्डबाट जापान, दक्षिण कोरिया पठाइएको फ्रोजन कुखुराको मासुको नमुनामा यो भाइरसको अवस्थिति देखिँदा जापान तथा कोरियाले चीन तथा थाइल्यान्डबाट आफ्नो देशमा हुने कुखुराको अति हिमकृत मासु आयातमा लगाइएको प्रतिबन्धले पुष्टि गर्दछ ।

त्यसै गरी यो भाइरस कुखुराले पारेको फुलको बाहिरी भागका साथै भित्रको सेतो तथा पहेँलो भागमा पनि अवस्थिति रहेको हुन्छ । तर कुखुराको फुलको पहँेलो भाग पनि समेत कडा हुने गरी पकाएको वा उसिनेको फुलमा भने बढी तापक्रमका कारण यो भाइरस निष्कृय हुन गई सङ्क्रमण गराउने क्षमतम गुमाउँछ । जसले यसरी पकाएको कुखुरा फुल सेवन गर्दा रोग लाग्ने, सर्ने जोखिम न्यून हुन्छ । तर आधा उमालेको आधा पकाएको कुखुराको पोच तथा काँचै कुखुराको फुल सर्वत जुसमा भने मिसाएर खानु हुँदैन यसो गरे रोग लाग्ने जोखिम हुन्छ ।

त्यसैगरी कुखुराको फुलको बाहिरी भागको भाइरसको प्रदूषण न्यून गर्न व्यावसायिक रुपमा यसको आपूर्तिकर्ताहरुले फूलको बाहिरी भाग राम्रोसँग निर्मलीकरण निसङ्क्रमण गर्नुपर्ने हुन्छ । राम्रोसित पकाएर कुखुराको फूल खाएर आजसम्म जनसमुदायमा रोग देखा परेको महामारी विज्ञानको अभिलेखमा पाइएको छैन ।

आजसम्म उपभोक्ताहरु कुखुराको मासु फुल वर्डफ्लुको माहामारी फैलिएको बेला सेवन गर्दा जोखिम परिन्छ कि भन्नेमा चिन्तित देखिएको भेटिन्छ । अर्कोतर्फ कृषिजन्य उत्पादन विभिन्नखाले सागपात तरकारी उत्पादन अनि माछा पालनमा कुखुराको सुली मिस्रित सोतर उच्च कोटिको प्राङ्गारिक मलका रुपमा प्रयोग गरिने प्रचलन छ । कुखुराको सुलीमा रहेका भाइरसका कणहरु १५–२० डिग्री सेन्टिग्रडमा ६ दिनपछि २८–३० डिग्री सेन्टिगे्रडमा ३६ घण्टामा तथा ५६ डिग्री सेन्टिगे्रडमा २० मिनेटमा निष्कृय हुन्छन् । सङ्क्रमित खोरमा रहेका कुखुरा मात्र मारी तिनको वैज्ञानिक सुरक्षित व्यवस्थापन गर्ने तर सुली मिस्रित सोतर त्यतिकै छाडिदिने हो भने त्यस्ता सोतरमा एच५एन१ कृयाशील रुपमै भेटिन सक्छ । त्यस्तो सुली मिस्रित सोतर सागपात एवंं छोटो समयमा तयारी हुने तरकारी अनि माच्छा पोखरीमा प्रयोग गरिने हो भने यी उत्पादनले पनि जनसमुदायको स्वास्थ्यमा प्रतिकूल असर पार्ला कि ? त्यसो हुँदा त्यस्ता सोतर प्रयोग गर्नुअघि राम्रोसित कम्पोस्ट मल बनाई वा तापक्रम उपचार गरी मात्र कृषि जन्य उत्पादनका लागि मलका रुपमा प्रयोग गरिनु पर्दछ । यो जिम्मेवारी कुखुरापालक कृषक व्यवसायीले लिनुपर्ने छ ।

जैविक सुरक्षाका लागि पनि खाद्य शृङ्खलामा एच५एन१ को न्यूनीकरणका लागि निम्न तीन चरणमा ध्यान पुर्याउन जरुरी हुन्छ । पहिलो चरणमा कुखुराको खोर, बीचको चरण बजार क्षेत्र, अन्तिम चरणमा खाद्य प्रशोधन उद्ययोग साथै उपभोत्ता आफैले विशेष ध्यान पुर्याउन आवश्यक छ । कुखुरा पालक कृषकबाहेक कुखुरा खोरका कामदार सरसफाइ गर्ने चल्ला प्याक गर्ने भान्से कुखुरा खोरमा औषधी खोप दिन जाने प्राविधिक बढी जोखिम हुन्छन् । तसर्थ कुखुरा वध गर्ने भुत्ल्याउने कुखुराको मासु काट्नेजस्ता कार्यमा संलग्न व्यक्तिहरुले न्यूनतम सुरक्षाका लुगा लगाउन उचित हुन्छ । कुखुरा व्यवसायी तथा फ्रेस हाउस तथा मासु व्यवसायीले यो सुनिश्चितता गर्नै रोग ग्रसित वा मरेको कुखुराको मासु उपभोक्ताका लागि कोशेली भनी पसलमा राखेको छैन ।

यो पनि पढ्नुहोस्

बर्ड फ्लूबारे सरकारले भन्यो - डराइहाल्नु पर्दैन, सजग रहनुस्

बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु 

कुखुराको मासु कुखुराको सुलीबाट शून्य प्रदूषित तथा कुखुराको फक्सो कलेजो श्वासनली टाउको अनि आन्द्रा भुँडी जहाँ यो एच५एन१ को अधिकतम उपस्थिति रहने गर्छ । मासुसँग लसपस नगरी सुरक्षित निसङ्क्रमित गरी तह लगाउनु पर्दछ ।

आजको जस्तो गज्याङ गुजुङ रुपमा कुखुरा पालन गर्नेको साटो प्रत्येक किसिमका कुखुराहरुलाई न्यूनताम मापदण्ड पुरागरी कुखुरा पालन गरिने हो भने पनि यस भाइरसबाट कुखुरामा हुने सङ्क्रमण्मको जोखिम न्यूनीकरण गर्नै सकिन्छ । उच्च कोटीको मापदण्ड पूरा गरेको जैविक सुरक्षा, खोरमा बिरामी परेका कुखुरा छुट्टै राख्ने अवस्था खोर, कुखुराको दाना, कुखुराको चल्ला, ओसारपसारमा प्रयोग गर्ने परिवहनका साधन कुखुरा खोर रहेको ठाउँ पस्दा र बाहिरिँदा उचित निसङ्क्रमण गर्ने खोरमा काम गर्ने कामदारका लागि छुट्टै सुरक्षित लुगाको व्यवस्था गर्ने ।

यसबाहेक द्रूत प्रयोगशालाकृत रोग निदान गर्ने हो भने रोगको नियन्त्रण समयमा गर्न सकिन्छ । साथै यसको प्रसारण रोक्न पनि । यसबाहेक कुखुरा पालन व्यवसाय जोगाउन यसबाट हुने आम्दानी वृद्धि गर्न खाद्य सुरक्षाका लागि वर्डफ्लु नियन्त्रण गर्नैपर्छ । दू्रत भरपर्दो सहज प्रयोग गर्न सकिने प्रयोगशालमा प्रविधियुक्त प्रयोगशालाको आवश्यकता आज तत्काल खट्किएको छ । सो नहुँदासम्म आजको जस्तो सीमित आर्थिक भौतिक एक प्रविधि स्रोत र साधनको कमीको बाबजुद पनि कुखुराको बथानको थलोमै घुम्ती रेपिट टेस्ट गरी छड्के जाँच गर्ने हो भने पनि वर्डफ्लु । आजको जस्तो छाडा रुपले माहामारी लिन पाउने छैन । अनि मात्र गोठदेखि ओठसम्म शुद्ध स्वच्छ अनि स्वस्थ कुखुराको मासु खान पाइने छ । अन्यथा वर्ड फ्लुका कारणले कुखुरापालक कृषक सडक हुने स्थिति सधैं रहिरहने छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...