अन्तिम समयमा आएर उपेन्द्र र बाबुरामले किन सम्झे राजपा नेपाललाई ?
काठमाडौं–संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच एकीकरण घोषणाको अन्तिम तयारी भइरहेको बेला राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग पनि वार्ता सुरु भएको छ ।
नयाँ शक्ति पार्टीको कार्यालयमा फोरम नेपाल, नयाँ शक्ति र राजपा नेपालबीच वार्ता भइरहेको स्रोतले जनाएको छ ।
वार्तामा राजपा नेपालको तर्फबाट अध्यक्षमण्डलका सदस्यद्धय महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी छन् भने नयाँ शक्तिबाट डा.बाबुराम भट्टराई सहभागी छन् । वार्ता चलिरहेकै बेला उपेन्द्र यादव बैठकबाट निस्केका छन् ।
बैठक स्रोतका अनुसार राजपा नेपालले एकीकरणका लागि हतार नगर्न सुझाव दिएको छ । एकीकरण भन्दा पनि तीन दलको बीचमा गठबन्धन बनाएर जान सुझाव दिएको बताइएको छ । त्यही कुरा मन नपरेको कारण उपेन्द्र यादव बैठकबाट बाहिरएको बताइएको छ ।
फोरम र नयाँ शक्तिबीच एकीकरणको टुगो लागिसकेपछि यी दुई दलले औपचारिकताका लागि राजपा नेपालसँग छलफल गरिएको स्रोतको विश्लेषण छ ।
शुरुमा एकीकरणका लागि तीनटै दलको बीचमा छलफल चलिरहेको थियो । तर राजपा नेपालले चासो नदेखाएपछि फोरम र नयाँ शक्ति अगाडि बढेको हो । एकीकरणको घोषणा गर्ने तयारीमा रहेका बेला अन्तिम पटक राजपासँग छलफल गरेको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण