शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

वस्तुगत प्रश्नोत्तर : विष्णुका दश अवतार के–के हुन् ?

बिहीबार, १९ वैशाख २०७६, १५ : १६
बिहीबार, १९ वैशाख २०७६

१. ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’ नारासहित प्रदेश ५ सरकारले मनाउने घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कहिलेदेखि सुरु गरिने भएको छ ?
– वि.सं. २०७६ जेठ ४ ।
(वि.सं. २०७६ को बुद्ध पूर्णिमाका दिन उद्घाटन गरी अर्को वर्षको चैत शुक्ल पूर्णिमासम्म विभिन्न कार्यक्रम गरी भ्रमण वर्ष मनाइने छ ।)

२. आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फको उपाधि कसले जित्यो ?
– एपीएफ (उपविजेता ः नेपाल पुलिस क्लब)
(आठौँ राष्ट्रिय खेलकुदमा पुरुष फुटवलतर्फ विभागीय टोली नेपाल आर्मी विजयी भएको छ । नेपाल पुलिस क्लब १–० गोल अन्तरले पराजित हुन पुगेको । आर्मीको जितका लागि विकास तामाङले खेलको एक मात्र निर्णायक गोल गरेका ।)

३. नेपाल सरकारद्वारा वैदेशिक रोजगारसम्बन्धी गुनासो सुनुवाइका लागि ‘कल सेन्टर’ कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ? 
– वि.सं. २०७५ चैत १८ ।

४. विश्व खुसी सूचकाङ्क, २०१९ अनुसार नेपाल कुन स्थानमा रहेको छ ? 
–१०० औँ ।

५. बैङ्क अफ द इयर २०१८ बाट सम्मानित नेपालको बाणिज्य बैङ्क कुन हो ? 
– नेपाल इन्भेस्टमेन्ट बैङ्क ।

६. भन्सार विभागले बैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गरेको हो ?
– वि.सं. २०७४ साउन १ ।
(वैदेशिक व्यापारलाई प्रवद्र्धन गरी निकासी पैठारी कार्यलाई पारदर्शी, व्यवस्थित र सरलीकृत बनाइ व्यावसायिक कारोबारमा प्रयोग हुने कागजातको सङ्ख्यालाई घटाउने उद्देश्यले सङ्केत नम्बर लागू गरिएको ।)
७. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरू छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
–  प्रकाश विच्छेदन ।

८. औँसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
–  शुक्ल पक्ष । 
(पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष (डार्क हाल्फ) भनिन्छ । शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः बढ्दै जान्छ भने कृष्ण पक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)

९. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
– सेन्सस गोश्वारा ।
– नेपालमा जनगणना वि.सं. १९६८ देखि सुरु भएको हो ।
–. नेपालमा चौथो जनगणना (वि.सं. १९९८) सम्म ‘हेड काउन्ट’को रूपमा गणना गर्ने गरिएकोमा  
पाँचाँै (२००९ र ११)बाट वैज्ञानिक गणना सुरु गरिएको हो ।
– नेपालमा सुरुआती चरणमा सेन्सस गोश्वाराले जनगणना लिने गरेकोमा वि.सं. २०१८ बाट केन्द्रीय तथ्याङ्क विभागले यो कार्य गर्दै आएको छ ।
– वि.सं. २०२८ बाट जनगणनामा कम्प्युटरको प्रयोग गर्न थालिएको हो ।

१०. अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
– युरी गागरिन (रुस), सन् १९६१ ।

११. ‘नयाँ सङ्कटपछि मात्र नयाँ प्राप्तिको प्रादूर्भाव हुनसक्छ’ भन्ने विचारक को हुन् ?
–  फ्रेडरिक एङ्गेल्स ।

१२. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
– सन् १९६१ मे २८ ।
– बेलायती वकिल पिटर वेनेनसनले स्थापनाको पहलकदमी गर्नुभएको थियो ।
– यसको प्रधान कार्यालय बेलायतको लन्डनमा रहेको छ ।
– यस सङ्गठनले सन् १९७७ मा नोवल शान्ति पुरस्कार प्राप्त गरेको थियो ।
– मानव अधिकारको संरक्षणलाई प्रोत्साहित गरी राजनीतिक बन्दीहरूको सहायता गर्ने उद्देश्य रहेको यस सङ्गठनको १५० भन्दा बढी राष्ट्रमा ७० लाखभन्दा बढी सदस्य तथा समर्थक रहेका छन् ।

१३. न्युक्लियर्स सप्लायर्स ग्रुप (एनएसजी) को स्थापना कहिले भएको हो ?
– सन् १९७४ मे ।
१४. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने घोषणा कहिले गर्नुभएको थियो ?
– सन् २०१७ जुन १ ।
– ट्रम्पले ह्वाइट हाउसमा बोल्दै सो सम्झौता अमेरिकाको हितमा नभएको बताउँदै सम्झौताबाट अलग हुने घोषणा गर्नुभएको । विपक्षीहरूले भने ट्रम्पको निर्णयलाई एउटा जल्दोबल्दो अन्तर्राष्ट्रिय चुनौतीबाट भागेको आरोप लगाएका छन् । साथै ट्रम्पको यस निर्णयको अन्तर्राष्ट्रिय स्तरमा व्यापक आलोचना भएको ।
– जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी पेरिस सम्झौता कार्यान्वयन गर्न वर्तमान अमेरिकी प्रशासनले आनाकानी गरिरहँदा चीन र युरोपेली सङ्घले सम्झौताको समर्थनमा आफ्नो प्रतिवद्धता  दोहो¥याएका छन् । 
– करिब डेढ वर्षअघि पेरिसमा भएको विश्व सम्मेलनमा ओबमा प्रशासनबाट सम्झौतामा हस्ताक्षर भएको थियो ।
१५. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
– मेकियाबेली ।
१६. नेपालको इतिहासमा कुन घटनालाई ‘बस्नेत पर्व’ पनि भनिन्छ ? 
– भण्डारखाल पर्व ।
१७. नेपालमा चिनियाँ नागरिकलाई ‘फ्री भिसा’ दिने निर्णय कहिले गरियो ?
– वि.सं. २०७२ पुस १० । 
१८. सिरियाली सरकार र विद्रोहीबीच युद्धविराम सम्झौता कहिले भएको हो ?
– सन् २०१७ जुलाई ९ ।
– सिरियाली गृहयुद्ध अन्त्य गर्ने दिशातर्फ युद्धविराम सम्झौता महìवपूर्ण कदम हुने ठानिएको छ ।
– युद्धविराम सम्झौता गराउने प्रक्रियामा अमेरिका, रुस र जोर्डन संलग्न रहेका थिए ।
– सिरियामा सन् २०११ मा भएको प्रदर्शनपछि गृहयुद्ध सुरु भए यता करिब तीन लाख मानिसले ज्यान गुमाएका छन् भने एक करोड दस लाख मानिस विस्थापित भए ।
– रुसले सिरियाली राष्ट्रपति बसर अल असादलाई समर्थन गर्दै आएको छ भने अमेरिकाले सिरियाली  विपक्षीलाई समर्थन गर्दै आएको छ ।
१९. नेपालमा हात्तीपोलो प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?
– सन् १९८२ । 
२०. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्य कुन जिल्लाबाट सुरु गरिएको हो ?
– बागलुङ । 
२१. “शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो ” भन्ने विद्वान को हुन् ?
– मार्क भान डोरेन, अमेरिकी कवि
२२. काठमाडौँको चोभारमा निर्माण गर्न थालिएको सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा कुन अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने भएको छ ?
– विश्व बैङ्क । 
– सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलको काम एक साथ सुरु गरिने बताइएको छ ।
– कुल आठ सय १६ रोपनी क्षेत्रफलमध्ये दुई सय रोपनीमा सुख्खा बन्दरगाह र बाँकी क्षेत्रफलमा अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल निर्माण गरिने छ ।
२३. विष्णुका दश अवतार के–के हुन् ?
–  मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की । 
२४. टाइटानिक नामक समुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् १९१२ अप्रिल १४ ।
(सन् १९१२ अप्रिल १० मा बेलायतको  साउथह्याम्पटनबाट न्युयोर्कका लागि प्रस्थान गरेको सो जहाज चार दिनको यात्रापछि १४ अप्रिलमा एक ठूलो हिमशिलामा ठोकिएर डुब्दा १५ सयभन्दा बढी यात्रुको निधन भएको थियो । टाइटानिक त्यो बेलाका समुद्री जहाजमध्ये सबैभन्दा सुविधासम्पन्न र विलासी रहेको बताइन्छ । चीनमा अहिले सोही विश्वविख्यात जहाज ‘टाइटानिक’ को प्रतिकृति बनाउन थालिएको छ ।)
२५. नेपाल सरकारले इन्डोनेसियामा अवैतानिक महावाणिज्य दूतावासको स्थापना कहिले ग¥यो ?
–सन् २०१७ सेप्टेम्बर १३
२६. नेपालको इतिहास लेखनका प्रारम्भिक दिनहरूमा कलम चलाउने सिल्भा लेभी कुन देशका नागरिक हुन् ?
–  फ्रान्स । 
२७. राणाकालीन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?
–  इस्तिहार । 
२८. गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?
– वि.सं. १९५८ वैशाख २४ ।
(सुरुमा साप्ताहिक रूपमा प्रकाशित हुने गोरखापत्र वि.सं. २००० असोज २९ देखि हप्तामा दुईपटक, वि.सं. २००३ पुस ४ देखि हप्तामा तीन पटक र वि.सं. २०१७ फागुन ७ देखि दैनिक रूपमा प्रकाशन गर्न थालिएको हो ।)
२९. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाउने गरिन्छ ?
– मे २ । 
३०. मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतकोे निर्णयअनुसार काठमाडौँ–तराई द्रूतमार्ग निर्माणको जिम्मा कसलाई दिइने भएको छ ?
– नेपाली सेना ।
– मन्त्रिपरिषद् बैठकद्वारा फास्ट ट्र्याक निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिँदै त्यसको कार्यविधि पेस गर्न भनिएको छ ।
– ७६ किलोमिटर दूरी रहेको फास्ट ट्र्याकको उपत्यकाभित्र १२ किलोमिटर पर्नेछ । उपत्यकाभित्रबाहेक अरू ‘ट्र्याक’ नेपाली सेनाले २०६९ सालमै सम्पन्न गरेको छ ।

गाेरखापत्र दैनिकबाट
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप