राजले ल्याए ‘तिमीलाई हेर्ने आँखा’
बिहीबार, १९ वैशाख २०७६, ०९ : २७
काठमाडौ – गायक राज रोकाले आफ्नो नयाँ गीत ‘तिमीलाई हेर्ने आँखा’ को भिडियो सार्वजनीक गरेका छन । सुरेश अधिकारीको शब्द र संगीत रहेको गीतको भिडियोमा त्रिकोणात्मक प्रेमभाव प्रस्तुत गरिएको छ ।
बिगत डेढ दशकदेखि बिभिन्न देशमा सांगीतिक कार्यक्रम आयोजनाका साथै गायन प्रस्तुति दिदै आइरहेका गायक राजको यस गीतको भिडियोको निर्देशन र सम्पादन असिम चित्रकारले गरेका हुन् ।
भिडियोमा बिपना थापा, सागर खनाल र प्रशेस कार्कीले अभिनय गरेका छन् । गुन्जन स्टुडियोमा रेकर्ड गरिएको गीतको एरेन्ज राजु इशानले गरेका हुन् । नारायण जिसीले खिचेको भिडियो निर्माणमा ओम स्टुडियोले सघाएको छ । ओएसआर डिजिटलबाट सार्वजनीक भिडियो दर्शकले मन पराउने बिश्वास गायक राजको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?
-
डेब्यु फिल्मको कार्यक्रममा दिलीपकी छोरी दिव्याले भनिन्, ‘अब यो मेरो कर्मभूमि हो’
-
कतारका अमिरको नेपाल भ्रमण : भैरहवा–कतार हवाई उडान सम्झौताका लागि पहल गर्न आग्रह
-
१० हजार करोडमा आईपीएलको बीमा, वर्षाले खेल रद्द भए पनि जोखिम बहन
-
कर्णाली अझै पनि केन्द्रीय राज्यसत्ताको उपेक्षामा
-
बुटवल उपमहानगरमा ४ भाषामा नागरिक बडापत्र